मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ३० सोमबार १३:१७:००
Read Time : < 1 मिनेट
समाचार

तरुलको भाउ घट्यो (भिडियाे)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३० सोमबार १३:१७:००

यस वर्षको माघे संक्रान्तिमा तरुलको मूल्य सस्तिएको छ । माग भन्दाबढी तरुल बजार भित्रिएपछि गत वर्ष भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो । माघे संक्रान्तिमा तरुल, घिउ र चाकु खाने चलन छ ।


तरुलको आयात धेरै भएपछि किलोमा १० रुपैयाँ भाउ घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । गत वर्ष माघे संक्रान्तिमा समितिले ६ सय टन तरुल मगाएको थियो । यस वर्ष साढे ९ सय टन झिकाएको छ । धेरै भित्रिएकाले यस वर्ष तरुल सस्तोमा बिक्री गर्नु परेको उपनिर्देशक श्रेष्ठले बताए । 
यो वर्ष सिमल तरुल सबैभन्दा बढी प्रतिकेजी तीन सयमा बिक्री भएको छ । बजारमा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल पनि भित्रिएको छ ।


यो वर्ष सबैभन्दा बढी तरुल सर्लाही जिल्लाबाट काठमाडौं भित्रिएको छ । कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिका अनुसार यस वर्ष माघे संक्रान्तिलाई लक्षित गरेर पिडाँलू एक सय ३० टन, सक्खरखण्ड एक सय ५० टन भित्रिएको छ । सर्लाही, सुनसरी, धरान, चितवन र धादिङबाट यस वर्ष तरुल काठमाडौं भित्र्याइएको हो । पुसमा सबैभन्दा बढी तरुल बिक्री हुने गर्दछ । तरुल खाएपछि चिसो आफै हटेर जाने जनविश्वास पनि रही आएको छ ।