मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ८ मंगलबार १६:३६:००
Read Time : < 1 मिनेट
विश्व

क्रिसमस मनाइरहँदा पृथ्वीमा क्षुद्रग्रह ठोकिने, नासाले जारी गर्‍यो सुचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ८ मंगलबार १६:३६:००

विश्वका धेरै देशहरूमा इसाई धर्मका अनुयायीहरूले क्रिसमस मनाइरहँदा पृथ्वीमा एक क्षुद्रग्रह ठोकिने भएको छ । उक्त क्षुद्रग्रह फ्रान्सको राजधानी पेरिसमा रहेको आइफिल टावरभन्दा दुई गुणा ठूलो रहेको समाचारमा जनाइएको छ ।

पृथ्वीसँग नजिकिँदै गरेको क्षुद्रग्रहको गति ४४ हजार एक सय ७२ किमी प्रतिघण्टा रहेको छ । उक्त ग्रह २६ डिसेम्बर (१० पुस) बिहान ७:५२ मिनेटमा आइपुग्ने नासाले जनाएको छ ।

नासाका अनुसार पृथ्वीमा खस्दै गरेको क्षुद्रग्रहको व्यास करिब नौ सय १९ देखि दुई हजार ३४ फिट रहेको छ । नासाले यसकाे सुचना बेला-बेलामा जारी गर्दै आएको छ । यस ग्रहको खोज सन् २००० मा भएकाे थियो । त्यसैले यसकाे नाम २००० सिएच-५९ राखिएको थियो । एजेन्सी