मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ८ मंगलबार १४:५९:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल टेलिकमको भन्दा एनसेलका फोरजी प्रयोगकर्ता बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ८ मंगलबार १४:५९:००

नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार फोरजी चलाउनेको संख्या ४५ लाख पुगेको छ । जसमा सरकारी कम्पनी नेपाल टेलिकमभन्दा निजी कम्पनी एनसेलको प्रयाेगकर्ता बढी रहेका छन् ।

यस्तै, तथ्याङ्कअनुसार नेपालमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड ७ लाख ८१ हजार ९ सय ७५ पुगेको छ । यसअन्तर्गत फाइबर र फाइबररहित एवं मोबाइल ब्रोडब्यान्ड इन्टरनेट पर्छ । कुल इन्टरनेट प्रयोगकर्तामध्ये तीव्र गतिकाे मोबाइल ब्रोडब्यान्ड फोरजी प्रयोगकर्ताको संख्या ४५ लाख ६३ हजार ९ सय २७ पुगेको हो ।

फाेरजी प्रयाेगकर्तामा नेपाल टेलिकमतर्फ ८ लाख ३८ हजार १ सय २२ मात्रै रहेका छन् भने एनसेलतर्फ ३४ लाख ९० हजार २८ रहेकाे छ । जुन नेपाल टेलिकमकाे भन्दा ४ गुणा बढी हो ।

यसबाहेक स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ताकाे संख्या २ लाख ३५ हजार ७ सय ७७ पुगेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क असोज महिनाको हो । 

टेलिकमले असोज १५ देखि देशका २६ शहरमा फोरजी सेवा पुर्याउने काम सुरू गरेको थियो । जसले आगामी तथ्याङ्कमा नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता संख्या बढ्ने देखिन्छ । हाल नेपालमा कुल टेलिफोन प्रयोगकर्ता संख्या ४ करोड २२ लाख ८६ हजार ९ सय ३२ पुगेकाे छ । नेपालको जनसंख्याभन्दा बढी टेलिफोन प्रयोगकर्ता देखिनुमा एकै व्यक्तिले दुई सीम प्रयोग गर्नु र कसैको सीम कार्ड बिग्रेर नयाँ प्रयोग गर्नु भन्ने बुझाउँछ ।