Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ पौष ८ मंगलबार १०:५९:००
Read Time : < 1 मिनेट
समाचार

दुई क्याम्पसमा  तालाबन्दी

Read Time : < 1 मिनेट
२०७६ पौष ८ मंगलबार १०:५९:००

कञ्चनपुरमा एकैदिन दुई क्याम्पसमा तालाबन्दी गरिएको छ । महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पस र झलारीको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा एकसाथ तालाबन्दी गरिएको हो । सोमबार दुवै क्याम्पसमा छुट्टाछुट्टै विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् । 

जनज्योति बहुमुखी क्याम्पसमा सत्ताधारी नेकपानिटक अनेरास्ववियु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट नेविसंघले तालाबन्दी गरेको हो । दुवै विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा राखिएका विभिन्न मागबारे सुनुवाइ नभएको भन्दै अनिश्चितकालीन तालाबन्दी गरेको जनाएका छन् । 

तालाबन्दीका कारण दुवै क्याम्पसको पठनपाठनबाहेक अन्य कामकाज प्रभावित भएको छ । अनेरास्ववियु जनज्योती क्याम्पस अध्यक्ष धर्मराज जोशीले क्याम्पस प्रशासनलाई सातादिनअघि नै ११ बुँदे माग राख्दासमेत सुनुवाइ नभएका कारण बाध्य भएर तालाबन्दी गरेको बताए । 

कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेविसंघले गत बुधबार क्याम्पस प्रशासनलाई बुझाएका चारबुँदे माग सम्बोधन नभएको भन्दै तालाबन्दी गरिएको जनाएको छ । नेविसंघ कृष्ण बैजनाथ इन्चार्ज प्रतीक रावलले मागबारे सुनुवाइ नहुँदा क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको बताए । उनका अनुसार सञ्चालक समिति गठन, शिक्षक पदपूर्ति, शिक्षक विद्यार्थी अनुशासित, पोसाक र परिचयपत्र वितरणको माग अघि सारेर ज्ञापनपत्र बुझाइएको थियो । दुवै क्याम्पस प्रशासनले मागबारे छलफल भइरहेको जनाएका छन् । विद्यार्थीका माग सम्बोधन गर्दै ताला खोलेर नियमित क्याम्पस सञ्चालन गरिने जनाएका छन् ।