१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष ८ मंगलबार ०६:४१:००
Read Time : < 1 मिनेट
अर्थ

ल्यान्डलाइन टेलिफोन नम्बर अब वेबसाइटबाटै

Read Time : < 1 मिनेट
२०७६ पौष ८ मंगलबार ०६:४१:००

नेपाल टेलिकमले देशभर ल्यान्डलाइन प्रयोगकर्ता ग्राहकको फोन नम्बर वेबसाइटमा राखेको छ । आवश्यकताअनुसार कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सहज होस् भन्ने उद्देश्यले कम्पनीले वेबसाइटबाटै फोन नम्बर खोज्न मिल्ने व्यवस्था गरेको जनाएको छ । 

थाहा नभएका, तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । 

कम्पनीको वेबसाइटमा गएर त्यसमा रहेको टेलिफोन इन्क्वाइरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको ल्यान्डलाइन नम्बर खोज्न सकिन्छ । व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिने टेलिकमले जनाएको छ । त्यस्तै संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिने टेलिकमको भनाइ छ । 

विगतमा पनि पिएसटिएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेबपेजमार्फत वेबमा आधारित इन्क्वाइरी सिस्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रूपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीका डाटा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएका कारणले गर्दा पनि ग्राहकलाई वैकल्पिक माध्यमबाट विनाझन्झट जुनसुकै वेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।