१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तवलिन सिंह
२०७६ पौष ८ मंगलबार ०८:०३:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

अकारण छैन मुस्लिम समाजको भय

Read Time : > 1 मिनेट
तवलिन सिंह
२०७६ पौष ८ मंगलबार ०८:०३:००

मोदीको ‘सबका साथ, सबका विकास’ केवल खोक्रो नारा साबित हुँदै गरेको देख्दा मुस्लिम समाज भयभीत भएको छ 

केही यस्ता विषय छन्, जसलाई हामी पत्रकारले भन्दा कविले राम्ररी भन्न सक्छन् । त्यसैले यो लेख सुरु गर्छु एउटा शेरबाट, जसले भारतमा नागरिकता कानुनलाई लिएर देशभर भइरहेको बबाललाई लामो राजनीतिक लेख, टिभीको लामो तिखो चर्चाभन्दा राम्रोसँग सम्झाउँछ, थोरै शब्दमा । 

शेर यस्तो छ– सबैको रगत समावेश छ, यस देशको माटोमा । हिन्दुस्तान कसैको बाउको थोडी हो । आज मुस्लिम छात्रहरूले यस कानुनको विरोध धेरै गरेको देखिन्छ, किनकि प्रधानमन्त्री र गृहमन्त्रीले केही यस्ता कुरा गरेका छन्, जसबाट मुसलमानलाई लाग्छ, नागरिकता कानुन र चाँडै आउनेवाला एनआरसीको निसानामा केवल मुसलमान छन् । 

याद गर्नुस्, संसद्मा कानुन पारित हुनुअघि गृहमन्त्रीले धेरैपटक भनेका छन्, घुसपैठ गर्नेहरू साङ्लोजसरी देशभर फैलिएका छन् र उनीहरूलाई छानी–छानी निकालेर बाहिर फ्याँकिनेछ । यसपछि आयो यस्तो कानुन, जसले भारतको लोकतान्त्रिक इतिहासमा पहिलोपटक स्पष्ट रूपमा एक समाजलाई धर्मको नाममा बाहिर राख्यो । अर्थात् पाकिस्तान, बंगलादेश र अफगानिस्तानमा धर्मका कारण उत्पीडित सिख, हिन्दू, बौद्ध, जैन र इसाईलाई भारतमा छिटै नागरिकता दिने प्रावधान यस कानुनमा राखियो । त्यसैले केवल मुसलमान घुसपैठ (शरणार्थी) लाई गृहमन्त्री साङ्लो मान्छन् । गृहमन्त्री अमित शाहले फेरि भनेका छन्– जसरी आसाममा एनआरसी आएको छ, त्यसरी नै पूरै देशमा आउनेछ । 

नागरिकता कानुन बनेपछि जर्मनीमा यहुदीविरुद्ध अत्याचारको लामो घृणित दौड सुरु भएको इतिहास पढेका मुसलमानले आज आफ्नो नागरिकता खतरामा रहेकोे आशंका गर्छन् भने त्यो आधारहीन छैन
 

भारतका अधिकतम मुसलमान अति–गरिब श्रेणीमा पर्छन्, उनीहरूसँग आफूलाई भारतीय साबित गर्ने कुनै दस्ताबेजसमेत छैन । एनआरसी लागू भएपछि उनीहरूको के हुन्छ ?
जब देशभर विद्यार्थी नागरिकता संशोधन कानुनको विरोधमा सडकमा उत्रिए, तब प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘उनीहरूको कपडाबाटै देखिन्छ कि विरोध गर्ने को हुन् ।’जब विरोध बढ्दै गयो, तब पछिल्लो साता प्रधानमन्त्रीले क्रोधित भएर आफ्नो एक चुनावी भाषणमा प्रश्न राखे, ‘के कंग्रेस चाहन्छ कि हर पाकिस्तानीलाई भारतको नागरिक बनाइयोस् ।’यस्तै कुरा गृहमन्त्रीले पनि भनिसकेका छन् । राहुल गान्धीमाथि निसाना साध्दै उनले केही सातापहिले भनेका थिए– राहुल भन्छन् कि यी व्यक्ति कहाँ जान्छन्, के खान्छन्, के उनीहरू उनका काकाका छोरा हुन् ?

यस्ता भाषण देशका सबैभन्दा ठूला नेताले दिँदैनथे भने सडकमा यति ठूलो विरोध देखिन्नथ्यो । जब विरोध देखिन थाल्यो, तब केन्द्रीय सरकारको विपक्षमा रहेका मुख्यमन्त्री र नेताले एनआरसीको विरोध गर्न थाले । यसमा ती व्यक्ति पनि सामेल छन्, जसले संसद्मा कानुन पारित गर्न सरकारको समर्थन गरेका थिए । मोदीको दोस्रो कार्यकाल सुरु भएपछि आएको ‘सबका साथ, सबका विकास’ केवल खोक्रो नारा साबित हुँदै गरेको देख्दा मुस्लिम समाज भयभीत भएको छ । पछिल्लो कानुनले न्युरम्बर्ग कानुनहरूको याद ताजा गराइदिएको छ । हिटलरले यहुदीलाई जर्मनीबाट खेद्न यस्तो कानुन बनाएका थिए । नागरिकता कानुन बनेपछि यहुदीविरुद्ध अत्याचारको लामो घृणित दौड सुरु भएको थियो । त्यसैले आज मुसलमान आफ्नो नागरिकता खतरामा रहेकोे आशंका गर्छन् भने त्यो आधारहीन छैन । 

(सिंह पत्रकार तथा राजनीतिक टिप्पणीकार हुन् ।) अमर उजाला डटकमबाट