मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ६ आइतबार १७:३३:००
Read Time : < 1 मिनेट
समाचार

महाधिवेशनलाई मुल एजेन्डा बनाउनुपर्छ : डा. महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ६ आइतबार १७:३३:००

कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले बहुमतको आधारमा पेलेर निर्णय नगर्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । 

काठमाडौंमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले पार्टी भित्रको विवाद छिटो समाधान हुनुपर्ने बताए । 

‘बहुमतको आधारमा पेलेर नभई सहमतिमा निर्णय गरिनुपर्छ,’ उनले भने, ‘महाधिवेशनलाई प्रभावित पार्ने कुनै काम नगरि मूल एजेण्डा महाधिवेशनलाई नै बनाउनुपर्छ ।’ 

उनले पार्टी एक बनाउने आम नेता तथा कार्यकर्ताको चाहना रहेको उल्लेख गर्दै पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।