मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडैां
२०७६ पौष ६ आइतबार ११:४६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दाहिने हातमा औँठी छुट्दैन : केकी अधिकारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडैां
२०७६ पौष ६ आइतबार ११:४६:००

कहिले बिहानै सुटिङ पर्छ, कहिले ‘नाइट सुट’ । त्यसमाथि पुरुषको दाँजोमा महिला कलाकारको मेकअपमा धेरै समय लाग्छ । यसकारण पनि योग, एक्ससाइज नियमित रूपमा गर्न पाउँदिनँ । 

खानाबाटै आफूलाई मेन्टेन गर्ने कोसिस गर्छु । बाहिरको जंकफुड एकदमै कम खान्छु । कार्बोहाइड्रेटयुक्त तथा चिल्लो, पिरो र नुनिलो खानेकुरा कमै खान्छु । घर बसेका वेलामा किचेनमा पाक्ने दालभात नै मन पर्छ । सुटिङकै समयमा पनि किचेनमा बन्ने खाना खान्छु । पानी स्वस्थ्यका लागि निकै आवश्यक तत्व हो, यसकारण प्रशस्त पिउने गर्छु ।         

हल्का मेकअपमा सहज           

कलाकार भएको नाताले हामीले शृंगारमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । फिल्मको प्रिमियर सो, अन्तवार्ता तथा अन्य कार्यक्रममा जाँदा हल्का मेकअप गर्छु । घर बस्दा म आफ्नो ‘स्किन’लाई ‘मेकअप फ्री’ नै राख्छु ।

दाहिने हातको औँठी मलाई ममीले लगाइदिनुभएको हो, त्यसैले हत्तपत्त फुकाल्ने गरेको छैन । सुटिङको समय भने फुकाल्ने गर्छु, किनकि पर्दामा पात्रअनुसार आफूलाई उभ्याउनुपर्ने हुन्छ ।

जति नै भने पनि मेकअपका सामानमा अवश्य नै केमिकल्स प्रयोग भएको हुन्छ । यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा छालालाई असर पर्छ । यसकारण आफ्नो छालालाई पनि ‘रेस्ट’ दिनका लागि पनि अनावश्यक समयमा मेकअप गर्न रुचाउँदिनँ । 

छुट्दै न नछुट्ने मेकअप ‘सनस्क्रिन’ र लिपस्टिक हो । लिपस्टिकले मलाई अनुहार खुलेको जस्तो लाग्छ । छालामा प्रयोग गरिने हुनाले मेकअपका ब्रान्ड छनोट गर्दा विशेष ध्यान दिन्छु । बरु, लुगाफाटा वा अन्य सामग्रीमा त्यति ध्यान दिन्नँ, तर मेकअपका सामान ब्रान्डेड नै प्रयोग गर्छु ।

कारण, यो प्रत्यक्ष रूपमा हाम्रो छालामा पोतिन्छ । जथाभावी प्रडक्ट प्रयोग गर्दा छालामा धेरै असर गर्न सक्छ । लिपस्टिकमा मलाई ‘म्याक’ र ‘सेरोफा’ ब्रान्ड बढी मन पर्छ । फेसियल प्रडक्टमा भने ‘क्लिनिक’ राम्रो लाग्छ ।

गहनामा विशेष रुचि छैन । तर, सुटिङको समयमा झुम्का, अैाँठी, मालाजस्ता गहना प्रयोग गर्नुपर्ने अवस्था आउँछ । त्यसैले मसँग यसको राम्रैे कलेक्सन छ । तर, प्रयोग सकेसम्म कम गर्छु ।

दाहिने हातको माइली औँलामा लगाउने राशिअनुसारको औँठी भने छुट्दैन । मलाई यो औँठी ममीले लगाइदिनुभएको हो, त्यसैले हत्तपत्त फुकाल्ने गरेको छैन । सुटिङको समय भने फुकाल्ने गर्छु, किनकि पर्दामा पात्रअनुसार आफूलाई उभ्याउनुपर्ने हुन्छ ।