मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष ६ आइतबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानसेनापति थापा २८ पुसमा बंगलादेश जाँदै

Read Time : < 1 मिनेट
२०७६ पौष ६ आइतबार १०:१९:००

प्रधानसेनापति पूर्णचन्द्र थापा बंगलादेशको चारदिने औपचारिक भ्रमणका क्रममा २८ पुसमा ढाका जाने भएका छन् । मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरिसकेको छ । बंगलादेशका प्रधानसेनापति अजिज अहमदको औपचारिक निमन्त्रणामा थापा जान लागेका हुन् । 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले नियमित औपचारिक भ्रमणमा प्रधानसेनापतिको भ्रमण हुन लागेको जानकारी दिए । प्रधानसेनापति थापाले बंगलादेश सरकारका उच्च अधिकारीसँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम छ । उनले समकक्षी अजिजसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

बंगलादेश सेनाका केही युनिटको भ्रमणसमेत गरेर प्रधानसेनापति थापा १ माघमा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानसेनापति थापाको निमन्त्रणामा बंगलादेशका प्रधानसेनापति अजिजले पनि नेपालको औपचारिक भ्रमण गर्दै छन् । उनी २४ माघमा नेपाल आउने कार्यतालिकामा छलफल भइरहेको सैनिक स्रोतले जनाएको छ ।