मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष ६ आइतबार ०८:१८:००
Read Time : < 1 मिनेट
अर्थ

सहकारी व्यवस्थापकलाई क्षमता विकास तालिम

Read Time : < 1 मिनेट
२०७६ पौष ६ आइतबार ०८:१८:००

भक्तपुर नगरपालिकाले नगर क्षेत्रका सहकारी संस्थाका व्यवस्थापकलाई क्षमता विकास तालिम दिएको छ । स्थानीय २९ वटा सहकारी संस्थाका व्यवस्थापकलाई प्रशिक्षण दिइएको प्रमुख प्रशासकीय अधिकृत दीपक कोइरालाले बताए । 

कार्यक्रममा मेयर सुनील प्रजापतिले सहकारी ऐन, विनियम र पारदर्शी कारोबार राख्ने व्यवस्थापक अभावले कतिपय सहकारी नोक्सानमा परेको उदाहरण दिए । उनले सहकारी मुनाफा कमाउन मात्रै केन्द्रित हुन नहुने बताए ।

सर्वसाधारण र समुदायमा आधारित सहकारी संस्थाले सदस्यहरूको हितमा काम गर्न प्रेरित गर्नुपर्ने उनको भनाइ थियो । नगरपालिकाको आर्थिक समितिका संयोजक हरिप्रसाद बासुकलाले नगरका एक सय ५६ वटा सहकारीको नियमित अनुगमन र निरीक्षण नगरपालिकाले गर्दै आएको जानकारी दिए । उनले अनुगमनका क्रममा पाइएका कमजोरी सुधारका लागि नगरपालिकाले क्षमता विकासका कार्यक्रम बनाएको बताए । 

सहभागीलाई सहकारी व्यवस्थापनका आधारभूत सिद्धान्त, कारोबारमा झेल्नुपर्ने समस्या र समाधानलगायत विषयमा सहकारी प्रशिक्षक तुल्सीहरि प्रजापतिले प्रशिक्षण 
दिएका थिए ।