१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष ५ शनिबार २१:३३:००
Read Time : < 1 मिनेट
समाचार

हत्या गरिएको अवस्थामा महिलाको शव फेला

Read Time : < 1 मिनेट
२०७६ पौष ५ शनिबार २१:३३:००

ताप्लेजुङको खोक्लिङमा एक महिलाको हत्या भएको छ । मिक्वाखोला २ खोक्लिङको थापागाउँ निवासी ३४ वर्षीया कविता थापाको हत्या भएको प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

फुयालका अनुसार शनिबार साँझ ६ बजे स्थानीयले अधेरी प्राविको छेउमा सडकको भित्तामा हत्या भएको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउकोमा धारिलो हरियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ । 

उनका श्रीमान बैदेशिक रोजगारीको क्रममा विदेश गएका छन् । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

३ वर्ष अघि त्यही ठाउँमा जिल्ला वन कार्यालका कर्मचारी गणेश शाहीको पनि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।