१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ५ शनिबार १८:५७:००
Read Time : < 1 मिनेट
समाचार

नेकपासँग भएको २ बुँदे सहमति सकारात्मक : महतो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ५ शनिबार १८:५७:००

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच भएको २ बुँदे सहमतिले सकारात्मक बाटो बनाएको बताएका छन् ।

काठमाडौँमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महतोले दुई बुँदे सहमतिले पार्टीबीच सम्वादको थालनी हुने वातावरण बनाए पनि सरकारमा जाने वा समर्थन गर्ने बाटो नखुल्ने बताए । संयोजक महतोलेले नेकपा र राजपाबीचको सहमतिले प्रदेश नम्बर २ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच सम्वाद जारी राख्ने स्पष्ट विषय भने स्पष्ट पारेको बताए । 

उनले पछिल्लो २ बुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको ‘डेडलक’ अर्थात सम्वादहीनताको अवस्था भने अन्त्य गरेको स्पष्ट पारे ।