१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष ५ शनिबार १३:३७:००
Read Time : < 1 मिनेट
समाचार

सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

Read Time : < 1 मिनेट
२०७६ पौष ५ शनिबार १३:३७:००

महोत्तरीको सिमावर्ती क्षेत्रमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सोनमा गाउँपालिका ३ खखना माविमा २७ मंसिरबाट सञ्चालित शिविरबाट शुक्रबारसम्म १६ हजार सात सय ४७ जनाले सेवा लिएका छन् । 

जसमध्ये सात हजार एक सय ५४ पुरुष र नौ हजार पाँच सय ९३ महिला रहेका छन । शिविरमा नाक, कान, घाँटी, दाँत, आँखा, छाती, गाईनो, छाला लगायतका विभिन्न रोगको उपचारका साथै पित्तथैली र मृगौलाको पत्थरीको शल्यक्रिया र हर्निया, हाईड्रोसिल तथा विभिन्न ट्युमरहरुको शल्याक्रिया गरिएको छ । साथै सेनाले निःशुल्क औषधि उपलब्ध गराएको छ । 

शविरमा दुई सय ४३ जनाको शल्यक्रिया गरिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीले बताए ।

सोनमा गाउँपालिका ३ खखनाकी ६२ वर्षीया काशी देवीको पाठेघरमा रहेको पाँच किलो ट्युमर निकालिएको शिविरको सवैभन्दा ठूलो सफतला भएको चिकित्सकीय टोलीले बताएको छ । 

शिविरमा पुरुषको तुलनामा महिलाको उपस्थिती बढी देखिएको छ । जसमा अधिकांश महिलाको आङ खस्ने समस्या रहेको पाइएको छ । 

शिविरको आर्थिक व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रतिनिधी सभा सदस्य तथा पुर्व स्वास्थ्य राज्यमन्त्री डा।सुरेन्द्र यादवको संसदीय कोषबाट गरिएको छ भने स्थानीय स्तरमा गरिएको व्यवस्थापनहरु सोनमा गाउँपालिकाको आर्थिक सहयोगमा भइरहेको छ । त्यस्तै औरही नगरपालिका, सम्सी नगरपालिका लगायतका अन्य पालिकाहरुलेसमेत सहयोग गरिरहेका छन । 

शिविर शनिबारसम्म संचालन हुंदैछ ।