मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ४ शुक्रबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार

नागार्जुनस्थित एक गोदाममा आगालागी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ४ शुक्रबार १७:४९:००

काठमाडौंको नागार्जुन नगरपालिका ४ स्थित किटनासक औषधी गोदाममा शुक्रबार अपरान्ह आगलागी भएको छ । 

बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको पहलमा आगो लागेको एक घण्टापछि नियन्त्रणमा आएको स्वयम्भु प्रहरी बृत्तका डिएसपी लालध्वज सुवेदीले बताए ।

आगलागीबाट गोदामको तल्लो तला र कम्पाण्डमा रहेका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सामान ढुवानी गर्ने चार वटा सवारी साधन र ५ वटा मोटरसाइकल आगोले जलेको सुवेदीले जानकारी दिए ।

आगलागीको कारण खुलेको छैन । आगलागीबाट कति क्षति भयो भन्ने पनि नखुलेको सुवेदीले बताए ।