मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष ४ शुक्रबार १७:२६:००
Read Time : > 1 मिनेट
समाचार

संसदको हिउँदे अधिवेशन सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष ४ शुक्रबार १७:२६:००

संघीय संसदको हिउँदे अधिवेशन शुक्रबार सुरु भएको छ ।

प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख शिवमाया तुम्बाहाम्फेले अधिवेशन आव्हान सम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् । त्यसैगरी , शुक्रबार नै राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आव्हान सम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । 

बैठकले २०५१ सालमा तात्कालिन नेकपा एमालेको तर्फबाट संखुवासभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हरि बैरागी दाहाल, २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकमा निर्वाचित सदस्य कमला कुमारी घिमिरे, २०५१ सालमा नेकपा एमालेको तर्फबाट धनुषा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रामलखन महतो र २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य रामेश्वर ढुंगेलको निधनमा छुट्टा छुट्टै शोक प्रस्ताव पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिने गरिन्छ । संसदको पाँचौ अधिवेशनमा छलफलका लागि तयारी अवस्थामा रहेका विधेयकहरु अधिकांश विवादित छन् । चौथो अधिवेशनपछि राष्ट्रियसभामा २ वटा र प्रतिनिधिसभामा ६ वटा  नयाँ विधेयक दर्ता भएका छन् । चौथो अधिवेशनमा पारित हुन बाँकी ८ वटा विधेयक सांसदहरुलाई अध्ययनका लागि बाडिएको छ । १५ वटा विधेयक विषयगत समितिमा छलफलका क्रममा छन् ।

विशेष गरेर अघिल्लो अधिवेशनमा नै संघीय संसदमा पेस गर्ने तयारी गरिएको नागरिकता विधेयकलाई महत्वका साथ हेरिएको छ । यो विधेयक संसदीय समितिमा छलफलकै क्रममा छ । मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद् ,शान्ति सुरक्षा, कर्मचारी सम्बन्धी, लोकसेवा आयोग, मिडिया काउन्सिल लगायतका विधेयकहरु अधिवेशनबाट पास गर्ने तयारी सरकारले गरेको छ । यी विधेयकमा राखिएका प्रावधान सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहमति जनाउदै आएको छ । राष्ट्रियसभामा दर्ता भईसकेको नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी विधेयक फिर्ता लिन कांग्रेसले सरकारलाई दबाब नै दिएको छ ।  गत असोज २ गते संसदको चौथो अधिवेशन अन्त्य भएको थियो ।