मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ४ शुक्रबार १६:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सभामुख चयन प्रक्रिया आगामी शुक्रबार सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ४ शुक्रबार १६:३०:००

प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया आगामी शुक्रबारबाट सुरु हुने भएको छ । 

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको अर्को बैठक ११ पुस दिउँसो १ बजे बस्ने र त्यसपछि सभामुख चयन प्रक्रिया अघि बढाउने तय गरेको छ ।

सभामुख चयन प्रक्रिया सुरू हुनु अघि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने स्रोतले जनाएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलत्कार प्रयासको आरोप लागेपछि गत १४ असोजमा तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए ।