१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष ४ शुक्रबार १२:०७:००
Read Time : < 1 मिनेट
समाचार

सिरहामा कपडा बैंक स्थापना

Read Time : < 1 मिनेट
२०७६ पौष ४ शुक्रबार १२:०७:००

चिसो बढेसँगै कपडाको अभावमा रहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले सिरहामा कपडा बैंक स्थापना गरिएको छ । दिप फाउन्डेशन सिरहाले विपन्न तथा गरिब परिवारलाई न्यानो कपडा पुर्याउने उद्देश्यले पुरानो तथा नयाँ कपडा संकलन गरेको जनाएको छ । 

फाउन्डेशनका कार्यकारी निर्देशक जितेश कर्णले विपन्न परिवारलाई चिसोबाट बच्न संकलित कपडा बस्तीमै पुगेर वितरण गर्ने बताए ।