मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष ४ शुक्रबार ०८:२१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

जाडोमा झाडापखालाको जोखिम

Read Time : < 1 मिनेट
२०७६ पौष ४ शुक्रबार ०८:२१:००

झाडापखालाको जोखिम गर्मीमा मात्रै होइन, जाडोमा पनि रहन्छ । जाडोमा प्रायः बालबालिकामा यो समस्या देखिन्छ । ‘विन्टर डायरिया’ वा ‘कोल्ड डायरिया’ रोटा भाइरसको कारणले हुने गर्छ । सामान्य सावधानी अपनाउन सके यो समस्या एक हप्तामा आफैँ ठीक भएर जान्छ, तर उपचारमा ध्यान नदिँदा यसले भयावह रूप लिन सक्छ । ‘क्रोनिक डायरिया’ अर्थात् दीर्घकालीन झाडापखालाले मानिसको ज्यानै लिन सक्छ । जाडो याममा बालबालिकामा ‘ए रोटा’ भाइरसले झाडापखाला गराउँछ भने वयस्कमा ‘बी रोटा’ भाइरसको संक्रमणबाट झाडापखाला लाग्छ । 

कसरी सर्छ ?
रोटा भाइरस हावाको माध्यमबाट सर्ने रोग हो । खासगरी संक्रमित व्यक्तिको दिसाको माध्यमबाट रोटा भाइरस हावामा मिसिन्छन् । त्यस्तै, संक्रमित व्यक्तिको दिसा लागेको हातले छोएको खाद्यवस्तु, खाना पकाउन राखिएका भाँडाकुडा, बालबालिकाले खेल्ने खेलौना आदि विभिन्न माध्यमबाट संक्रमण फैलिन सक्छ । बालबालिकामा प्रतिरोधी क्षमता कम हुने भएकाले उनीहरू यस्ता भाइरसको संक्रमणबाट छिट्टै प्रभावित हुन्छन् । बढी भिडभाड हुने क्षेत्रमा यसको संक्रमण छिटो फैलिन्छ । 

लक्षण
रोटा भाइरसको संक्रमण हुँदा झाडापखाला लाग्ने र बारम्बार बान्ता हुने गर्छ । विशेषगरी साना बालबालिकामा लगातार पातलो पखाला लाग्ने र बान्ता हुने गर्छ । जसकारण, डिहाइड्रेसनको जोखिम बढ्छ । 

कसरी बच्ने ? 

  •  पाँच वर्षमुनिका बालबालिकामा रोटा भाइरसविरुद्धको खोप लगाउनुपर्छ । 
  •  जाडो मौसममा सरुवा रोगको 
  • संक्रमण बढी हुने भएकाले सरसफाइमा ध्यान दिनुपर्छ । 
  •  दिसा गरिसकेपछि, बाहिरबाट आएपछि वा कुनै वस्तुको सम्पर्कमा आएपछि, खाना खानु वा बच्चालाई खुवाउनुअघि साबुन–पानीले अनिवार्य हात धुन आवश्यक छ । 
  •  काँचै खाइने फलफूल तथा तरकारी राम्ररी पखालेर मात्र प्रयोग गर्नुपर्छ । 
  •  खानेकुरा राम्ररी पकाएर मात्र खाने र छोपेर राख्ने गर्नुपर्छ । 
  •  बच्चालाई झाडापखाला लागेमा नरम र झोलयुक्त खानेकुरा खुवाइराख्नुपर्छ । 
  •  लामो समयसम्म पखाला लागेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।