१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष ४ शुक्रबार ०६:४३:००
Read Time : < 1 मिनेट
अर्थ

जंगल क्रिकेटको  होस्ट पार्टनरमा हान सौराहा

Read Time : < 1 मिनेट
२०७६ पौष ४ शुक्रबार ०६:४३:००

पालोमा इन्टरनेसनल इभेन्ट्स एन्ड स्पोर्टस् र हान सौराहाबीच सहकार्य

चितवनमा हुने जंगल क्रिकेटमा सहभागी खेलाडी, आयोजक, अतिथिलगायतलाई सौराहाका होटेलले खाना तथा वासको व्यवस्था गर्ने भएका छन् । ‘जंगल क्रिकेट विथ अनलिमिटेड फन’ कार्यक्रम आयोजक पालोमा इन्टरनेसनल इभेन्ट्स एन्ड स्पोर्टस् म्यानेजमेन्ट प्रालिले होटेल एसोसिएसन अफ नेपाल (हान) सौराहा रिजनलसँग सहकार्यसम्बन्धी सहमतिमा सम्झौता गरेसँगै सुविधा उपलब्ध गराउने भएका हुन् । 

सहकार्यसँगै कार्यक्रमको होस्ट पार्टनर रिजनल (हान) सौराहा रहनेछ र आगामी तीन वर्षसम्म सौराहाका होटेलले आतिथ्यता प्रदान गर्नेछन् । सम्झौताअनुसार रिजनल हानले खेलाडी, इभेन्ट आयोजक, अतिथि, कलाकारलगायत इभेन्ट सदस्यका लागि वासका लागि होटेल छान्न सहयोग गर्नेछन् । त्यसमा ब्रेकफास्ट, लन्च, डिनर पनि समावेश गरिएको पालोमा इन्टरनेसनलका सिइओ शैलेन्द्र खड्काले बताए ।

खेलमा हरेक टिमले होस्ट पार्टनरका रूपमा आफू बसेको होटेलको लोगो क्यारी गर्नुपर्ने व्यवस्था गरिएको छ । सम्झौतामा रिजनल होटेल एसोसिएसन अफ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराई र पालोमा इन्टरनेसनल इभेन्ट्सका सिइओ शैलेन्द्र खड्काले हस्ताक्षर गरेका थिए ।