मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष ३ बिहीबार ०९:४८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

लियोनार्दो डिक्याप्रियोको फिटनेस : दैनिक ९० मिनेट व्यायाम

Read Time : < 1 मिनेट
२०७६ पौष ३ बिहीबार ०९:४८:००

टाइटानिक, द एभिएटर, द रेभेनान्टलगायत सुपरहिट फिल्मका अभिनेता लियोनार्दो डिक्याप्रियो ४५ वर्षका भए । बढ्दो उमेरबीच आफूलाई फिट र स्वस्थ राख्न लियोनार्दोले कडा व्यायाम गर्ने गरेका छन् । उनी सातामा ६ दिन व्यायाम गर्छन् । 

वर्कआउट 
फिटनेस ट्रेनर  ग्रेगोरी जोजोन रोचेको निगरानीमा लियोनार्दोले वर्कआउट गर्छन् । उनले दैनिक ९० मिनेट समय फिटनेसका लागि छुट्याउने गरेका छन् । सातामा एक दिन भने आराम गर्छन् ।

सोमबार उनी योगा र स्ट्रेचिङ गर्छन् । त्यसपछि एक घन्टा ट्रेडमिलमा कुद्छन् । अनि ३० मिनेटसम्म आफ्नो छाती र पाखुरा बलियो बनाउन वेटलिफ्टिङ गर्छन् । मंगलबार उनी खुट्टाको कसरतमा केन्द्रित हुन्छन् ।

खुट्टामा भार पर्ने गरी एक घन्टासम्म वेटलिफ्टिङ र ३० मिनेट मार्सल आर्टस् अभ्यास गर्छन् । बुधबार एब्स ट्रेनिङमा उनको ध्यान केन्द्रित रहन्छ । यस दिन योगा र स्ट्रेचिङपछि ३० मिनेट वेटलिफ्टिङ गर्छन् । त्यसपछि एक घन्टा कार्डियो गर्छन् । 

बिहीबार आफ्नो पाखुरा (बाइसेप्स र ट्राइसेप्स दुवै)को कसरतमा उनी केन्द्रित रहन्छन् । यस दिन उनी एक घन्टा कुद्छन् । एक घन्टासम्म आफ्नो पाखुराको कसरत हुने गरी वेटलिफ्टिङ गर्छन् । ३० मिनेट मार्सल आर्टस्को अभ्यास गर्छन् । शुक्रबार उनी आफ्नो छाती र काँधको अभ्यास गर्छन् भने शनिबार फेरि पाखुराकै अभ्यास गर्छन् । आइतबार उनी जिम जाँदैनन्, आराम गर्छन् । 

डाइट 
लियोनार्दोे अर्गानिक सागसब्जी र फलफूल सेवन अत्यधिक गर्छन् । बिहान उठ्नासाथ उनी झन्डै तीन गिलास पानी पिउँछन् । ब्रेकफास्टमा नट्स, प्रोटिन सेक, टोस्ट, एभोकाडो, फलफूललगायत सेवन गर्छन् । लन्चमा ताजा फलफूल, सलाद, फ्लेक्स आयल सिड्स, ओलिभ आयललगायत समावेश हुन्छ । डिनरमा भेजिटेबल सुप, काउली, क्याप्सिकमलगायत सागसब्जी समावेश हुन्छ ।