१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष ३ बिहीबार ०९:५७:००
Read Time : < 1 मिनेट
विश्व

‘मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला अन्यायपूर्ण’

Read Time : < 1 मिनेट
२०७६ पौष ३ बिहीबार ०९:५७:००

अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफमाथि सुनाएको मृत्युदण्डको फैसला अन्यायपूर्ण भएको भन्दै सरकारले मुसर्रफको पक्षमा हुने अपिलको सुनुवाइमा उनको बचाउ गर्ने जनाएको छ । ‘सरकारले मुसर्रफको बचाउ गर्नेछ,’ सरकारका महान्यायाधिवक्ता अनवर मन्सुरले भने । 

विशेष अदालतमा मुसर्रफलाई निष्पक्ष सुनुवाइको अधिकार नदिइएको उनले बताए । आरोपितको रेकर्ड गरिएको अभिव्यक्तिसमेत नलिई फैसला गरिएको उनको भनाई थियो । मुसर्रफ गम्भीर बिरामी भएर दुबईको एउटा अस्पतालको आइसियूमा उपचार गरिरहेका वेला आएको सो फैसलामाथि चौतर्फी प्रश्न उठेको उनले बताए ।

‘मुसर्रफलाई संविधानको धारा ३४२ बमोजिम आफ्नोे अभिव्यक्ति रेकर्ड गर्ने र आफूमाथि लागेको आरोपविरुद्ध भिडियोमार्फत व्यक्त गर्ने अवसरबाट वञ्चित गरिएको छ,’ उनले भने ।

इस्लामाबादस्थित विशेष अदालतले मंगलबार पूर्वसैन्य शासक मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको थियो । विशेष अदालतको तीन सदस्यीय इजलासले संविधानको अवहेलना र देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मुसर्रफलाई मंगलबार सो फैसला सुनाएको थियो ।

मुसर्रफ संविधानको उल्लंघन गरेको अभियोगमा अदालतद्वारा दोषी ठहर हुने पाकिस्तानका पहिलो सैनिक शासक हुन् । मुसर्रफले स्थापना गरेको अल पाकिस्तान मुस्लिम लिग (एपिएमएल)ले मुसर्रफविरुद्धको फैसला पुनरावेदन गर्ने जनाएको छ ।