१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
झाङ सियाओक्वियाङ
२०७६ पौष ३ बिहीबार ०८:३६:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

फाइभ–जी विकासमा चीन–अमेरिका सहकार्य आवश्यक

Read Time : > 1 मिनेट
झाङ सियाओक्वियाङ
२०७६ पौष ३ बिहीबार ०८:३६:००

फाइभ–जी उद्योग रिसर्चले अमेरिका र चीनले फाइभ–जी विकासमार्फत विन–विन सहकार्य गर्नुपर्ने देखाएको छ

फिफ्थ जेनेरेसन मोबाइल टेक्नोलोजी अर्थात् फाइभ–जी, जसले सूचना र सञ्चार प्रविधिको भविष्यको प्रतिनिधित्व गर्दै छ, यो चीनका लागि आफ्नो गुणस्तरीय विकास प्रवद्र्धन गर्ने महत्वपूर्ण ‘फ्याक्टर’ हो र सबै अर्थतन्त्रका लागि आफ्नो विकासको मूल्यांकन गर्ने प्रमुख प्रविधि पनि हो । यही समय धेरै देशले प्रविधिको तीव्र विकासमा चासो दिइरहेका छन्, विश्वव्यापी ‘औद्योगक चेन’ र ‘भ्यालु चेन’हरूले आकार लिइरहेका छन् ।

विश्वव्यापी सहकार्यबाट जन्मिएको उच्च प्रविधिको थप विकासका लागि पनि चीन र अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायले फराकिलो सोचसाथ थप निकट भएर सहकार्य गर्न जरुरी छ । सन् २०१८ यता विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार सम्बन्ध राम्रो छैन । दुवै देशका बौद्धिक व्यक्ति तथा व्यापारिक समुदाय कसरी उच्च प्रविधि र उद्योगमा द्विपक्षीय सम्बन्ध प्रवद्र्धन गर्न सकिन्छ भनेर गहिरो छलफलमा छन् ।

उनीहरूले अन्तर्राष्ट्रिय समुदायमा खुला सहकार्यलाई बढावा दिन दुवै देशले मिलेर काम गर्नुपर्ने माग गरिरहेका छन् । चाइना सेन्टर फर इन्टरनेसनल इकोनोमिक एक्सचेन्जेज र अमेरिकी कम्पनी क्वालकोमले गरेको फाइभ–जी उद्योग रिसर्चले अमेरिका र चीनले वर्तमान परिस्थिति मनन गर्दै फाइभ–जी विकासमार्फत विन–विन सहकार्य गर्नुपर्ने देखाएको छ । 

चीन सरकारले फाइभ–जी प्रविधि विकासलाई ठूलो महत्व दिएको छ र यो उसको प्रमुख रणनीतिक आविष्कार योजना हो । सरकारका धेरै विभागले यसलाई महत्व दिने गरी नीति तयार गरेका छन् । यस प्रविधिले विश्वव्यापी रूपमा अर्थतन्त्रलाई उकास्ने प्रक्षेपण गरिएको छ । फ्रिक्वेन्सी, चिपसेटस्, टर्मिनल्स, अपरेटर्सलगायत चिनियाँ फाइभ–जी विकास सबै पक्षबाट सकारात्मक देखिएको छ ।

विश्वव्यापी सहकार्यबाट जन्मिएको फाइभ–जी प्रविधिको थप विकासका लागि पनि चीन र अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायले फराकिलो सोचसाथ थप निकट भएर सहकार्य गर्न जरुरी छ

सन् २०३० भित्र चिनियाँ फाइभ–जीसँग सम्बन्धित उद्योगमा ८० लाखभन्दा धेरै रोजागारी सिर्जना हुने अनुमान गरिएको छ । चीनसँग विश्वको ठूलो बजार पनि छ । गत नोभेम्बरमा जिएसएमए इन्टेलिजेन्सले सार्वजनिक गरेको सय पृष्ठ लामो अध्ययन प्रतिवेदनमा विश्वभर अनुमानित १.५७ बिलियन वा कुल मोबाइल प्रयोगकर्तामध्ये १८ प्रतिशतले सन् २०२५ भित्र फाइभ–जी प्रविधि प्रयोग गर्ने उल्लेख छ ।  यस अध्ययनअनुसार २०२५ भित्र चीन, अमेरिका, जापान र दक्षिण कोरियामा अति तीव्र गतिको फाइभ–जी मोबाइल नेटवर्क प्रयोग गर्नेको संख्या विश्वको आधा हुनेछ ।  

चीनले जनवरीदेखि नोभेम्बरसम्म ३५८ मिलियन स्मार्टफोन सेट निर्यात गरेको छ, तर फाइभ–जी स्मार्टफोन ढुवानी अझै तुलनात्मक रूपमा कम छ किनकि यसको नेटवर्क कभरेज पूर्ण भइसकेको छैन । भविष्यमा, चीनमा फाइभ–जी उद्योगले उत्कृष्ट अवसर पाउने आकलन गरिएको छ । ठूलो बजार र पूर्ण उद्योग चेनका कारण ती अमेरिकी कम्पनीका लागि चीन निकै राम्रो बजार बनेको छ, जुन कम्पनीले चिनियाँ बजारमा आफ्नो प्रविधि र बौद्धिकतामार्फत आफूलाई स्थापित गरेका छन्  ।

चीन र अमेरिकाका उद्योगबीच राम्रो सहकार्य हुँदा अन्य क्षेत्रमा पनि दुई देशको सहकार्य मजबुत हुन्छ र दुवै देशका जनता लाभान्वित हुन्छन् ।  यसले अन्ततः विश्वको दीर्घकालीन विकासमा सकारात्मक भूमिका खेल्छ । 

(फाइभ–जी इकोनोमिक सेमिनारमा चाइनिज नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपनिर्देशक झाङ सियाओक्वियाङले दिएको सम्बोधनको सम्पादित अंश)
ग्लोबल टाइम्सबाट