१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २ बुधबार १५:१६:००
Read Time : < 1 मिनेट
समाचार

सागमा पदक जित्ने खेलाडीलाई ललितपुर महानगरको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २ बुधबार १५:१६:००

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । 

महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा महानगरका मेयर चिरीबाबु महर्जनले सागमा पदक विजेता खेलाडीहरुलाई बधाई दिँदै एसियन गेम र ओलम्पिकमा पदक जितेर आएपछि यो भन्दा ठूलो रकमले सम्मान गर्ने बताए । खेल क्षेत्रमा ठूलो योगदान गर्न नसकेपनि ऐनमा उल्लेख भएअनुसारको काम महानगरले गरेको उनले बताए । महानगरले फुटबलमा लागनी गरिरहेको उल्लेख गर्दै उनले एन्फामा दर्ता भएको क्लबहरुलाई टीम तयारी स्वरुप सहयोग गरेको बताए । उनले महानगरभित्रका ए डिभिजन क्लबहरुलाई ४ लाख, बि डिभिजन क्लबहरुलाई ३ र सि डिभिजन क्लबहरुलाई २ लाख रुपैयाँ तयारीका लागि दिइएको बताए । 

सम्मान कार्यक्रममा स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले काठमाडौं उपत्यकाको सभ्यता १६ औं सताब्दीको युरोपियन सभ्यतासँग मेल खाने गरेको बताए ।

पाठनको कृष्णमन्दिर, काष्ठमण्डप तथा मूर्तिकलाको गरिमामय परम्परा रहेको उनले बताए । एक फरक प्रशंगमा उनले प्रदेश र संघीय सरकारभन्दा स्थानीय सरकारलाई असाधारण अधिकार दिएकोले काम पनि असाधारण नै गरेर देखाउनुपर्ने बताए । 

ललितपुर महानगरले नगरपालिको १०० औं स्थापना दिवस पनि मनाएको छ ।