मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौ
२०७६ पौष २ बुधबार १४:२९:००
Read Time : < 1 मिनेट
समाचार

गोकर्ण रिसोर्टसँगको सम्झौता नविकरण खारेज गर्न माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौ
२०७६ पौष २ बुधबार १४:२९:००

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गोकर्ण फरेष्ट रिसोर्टले चर्चेको करिब ३ हजार रोपानी जग्गा सम्झौता अबधि सकिनु ६ वर्ष अघि नै अपरादर्शी ढंगबाट म्याद थप गरेका प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संस्थाका अध्यक्ष खेमराज रेग्मीले बुधबार विज्ञप्ती जारी गर्दै ‘भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने’ सरकारको दाबीलाई यस्तो निर्णयले निरर्थक तुल्याएको उल्लेख गरे ।  

सार्वजिनिक खरिद ऐनको ठाडो उल्लंघन गरी ब्यापारिक प्रतिष्ठानसँग गुपचुप सम्झौता गरी राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्ने कार्यलाई असल नियतले भनेर विश्वास गर्न नसकिने संस्थाको दावी  छ । 
सम्झौता अबधि सकिँदा अर्को निर्वाचित सरकार आइसक्ने र निर्णय गर्न सक्ने पर्याप्त समय बाँकी हुँदै हतारमा निर्णय हुनुले निर्णयमा संलग्न पदाधिकारी अनुचित प्रभावमा परेको प्रष्ट हुने विज्ञप्तीमा उल्लेख छ । 

‘आफुपनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न’ भन्ने सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्रीले राष्ट्रि सम्पत्तिमा लुट मच्चिने यो निर्णय फिर्ता लिई निर्णयमा संलग्न पदाधिकारीलाई कानुन बमोजिम कडा कारबाही गर्दै सुशासनको प्रत्याभुति दिलाउन विज्ञप्तीमा माग गरिएको छ ।

यतीलाई गोकर्ण बुझाउन ऐन नै संशोधन