Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
टम फोडी 
२०७५ पौष २ सोमबार ०९:१३:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

उत्तर कोरियाप्रति नरम बन्दै ट्रम्प

Read Time : > 1 मिनेट
टम फोडी 
२०७५ पौष २ सोमबार ०९:१३:००

अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्पले गत शुक्रबार ट्विटमार्फत परमाणु निःशस्त्रीकरण मुद्दामा अमेरिका–उत्तर कोरिया संवाद सकारात्मक दिशामा मोडिएको दाबी गरे । पछिल्ला केही महिनायता दुई देशबीच प्रगति नभएको भन्ने आलोचनालाई ट्रम्पले अस्वीकार गरेका छन् । परमाणु मुद्दा टुंग्याउन अमेरिका र उत्तर कोरिया हतारमा नभएको र अहिलेसम्मका प्रगति सन्तोषजनक भएको अभिव्यक्ति ट्रम्पले दिएका छन् । साथै, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आगामी दिनमा सही निर्णय लिनेमा समेत आफू विश्वस्त भएको भनाइ ट्रम्पको छ । 

परमाणु निःशस्त्रीकरण मुद्दा तत्कालै किनारा लगाउन हातारो नभएको ट्रम्पको टिप्पणी आफैँमा आश्चर्यजनक छ । गत वर्षलाई फर्केर हेर्ने हो भने, उत्तर कोरिया निःशस्त्रीकरणका लागि वार्तामा बस्न सहमत नभए सैनिक कारबाहीको धम्की दिने ट्रम्प नै थिए । यद्यपि, पछिल्लो समय दुवै देशको राजनीतिक परिवेशमा नाटकीय परिवर्तन आएको छ । ट्रम्पको पछिल्लो ट्विटको आशय हेर्दा अमेरिकाले उत्तर कोरियालाई आफ्दो विदेश नीतिको प्राथमिकतामा राखेको बुझ्न सकिन्छ । तैपनि, उत्तर कोरियाप्रतिको अमेरिकी लक्ष्यलाई उसले न बदलेको छ, न त छोडेकै छ । यसैबीच, ठूलो राजनीतिक जोखिमसाथ चीन र इरानसँग अमेरिकाले संघर्ष थालेको छ ।

सन् २०१७ मा ट्रम्पले राष्ट्रपति पद सम्हाल्दै गर्दा आफूले अघि सार्ने विदेश नीतिमा उत्तर कोरियालाई प्राथमिकतामा राख्ने जनाएका थिए । उत्तर कोरियासँग अमेरिकी भूमिमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल भएको र आफूले त्यस्तो हुन नदिने भन्दै सो समय पनि ट्विट गरेका थिए । तर, उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल विकासलाई झनै तीव्रता दिएपछि उत्तर कोरियासँग ट्रम्प आक्रोशित भएका थिए । उत्तर कोरियालाई ध्वस्त गर्ने धम्कीसमेत ट्रम्पले दिएका थिए, जसका कारण धेरै मानिसमा त्रास फैलिएको थियो । यद्यपि, सन् २०१८ मा दुई देशको तनाव संवादको बाटोमा मोडियो । दक्षिण कोरियाको मध्यस्थतामा उत्तर कोरिया र अमेरिका आपसी संवादको टेबुलमा बसेपछि अमेरिकाको युद्धको धम्की र उत्तर कोरियाको परमाणु मिसाइल परीक्षण कार्यक्रम रोकियो । यसका लागि किम–ट्रम्प सिंगापुर शिखरवार्ताले महत्वपूर्ण भूमिका खेल्यो । दुई देशबीचको युद्धको खतरा त समाप्त भयो, तर, लगत्तै अमेरिका र चीनबीच व्यापार युद्ध सुरु भयो । 

उत्तर कोरिया संवादको बाटोमा आएलगत्तै ट्रम्पको प्रथमिकता बदलियो । ट्रम्पले चीनसँग व्यापार युद्ध चलाए । त्यस समययता चीनविरोधी नीति लाद्न ट्रम्प सक्रिय भए, उत्तर कोरियाको मुद्दामाथि ठूलो महत्व दिएनन् । उत्तर कोरियामाथिको आर्थिक प्रतिबन्ध फुकुवा गर्न पनि ट्रम्पले मानेनन् । यस्तो स्थितिमा, अमेरिकी विदेश नीति विश्लेषकले ट्रम्पको पछिल्लो विदेश नीतिको व्यापक आलोचना गरे । अहिले, आउँदो वर्ष ट्रम्प र किमबीच दोस्रो शिखर वार्ता गराउने ताकेता अमेरिकाले थालेको छ । यो विकसित राजनीतिमा आइपुग्दा भने ट्रम्प फेरि एकपटक उत्तर कोरियाको प्रशंसामा लागेका छन् । 

(लेखक विश्व मामिलासम्बन्धी बेलायती समालोचक हुन्)  
चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) बाट