Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष १ मंगलबार १६:४०:००
Read Time : < 1 मिनेट
प्रवास

भ्रमण वर्ष सफल बनाउन युएईबाट सरकारलाई सुझाव

Read Time : < 1 मिनेट
२०७६ पौष १ मंगलबार १६:४०:००

भिजिट नेपाल २०२० को प्रचारपसारका लागि १६ डिसेम्बरका दिन दुबईमा अन्तरक्रिया सम्पन्न भएको छ । 

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईको संयोजन र संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । मन्त्रालयका उपसचिव राजन पौडेलको नेत्रित्वमा यूएई भ्रमणमा रहेको टोलीले यूएईमा कार्यरत नेपालीहरुसँग भिजिट नेपाल २०२० लाई सफल बनाउने बिषयमा छलफल तथा सुझाव संकलन गरेको थियो । 

अन्तरक्रियामा एनआरएनए मध्यपुर्व उपसंयोजक मनोज गोर्खाली, नेपाली जनसम्पर्क समितिका भुवानप्रसाद तिमल्सिना, जनप्रगतिशिल मञ्चका बाबुराम विश्वकर्मा, नेपाली समाजका गोबिन्द ढकाल, संघीय समाजका बाबुराम लोप्चन लगायतले सरकारले बाटोघाटो तथा पूर्वधार विकास र अन्तर्राष्ट्रिय मिडियाहरुमा प्रचारपसारमा जोड दिन सुझाव दिएका थिए । 

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, ब्यवस्थित र सुलभ यातायात, सार्वजनिक शौचालय जस्ता विषयहरुमा सुधार गर्न उनीहरुले सुझाव दिएका छन् । पर्यटकको स्वास्थ्य तथा सामाजिक सुरक्षाका बिषयमा सरकार गम्भीर हुनेपर्ने पनि उनीहरुको सुझाव थियो । 

उपसचिव पौडेलले नेपाललाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने प्रवल सम्भावना रहेकोमा जोड दिए । उनले भ्रमण वर्षलाई सफल पार्न बिदेशमा रहेका नेपालीहरुको ठूलो सहयोगको खाँचो रहेको बताए । बिदेशमा रहेको नेपालीहरु अबैतानिक दुतको रुपमा काम गरिरहेको उल्लेख गर्दै उनले एक बिदेशमा रहेका नेपालीले एक बिदेशी पर्यटक नेपाल पठाए मात्रै पनि नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए ।    

एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईरालाको सभापतित्वमा भएको उक्त कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत राजेन्द्र ढकालको बिशेष  आतिथ्यता थियो । कार्यक्रम बरदुबैइस्थित कंचनजंघा रेस्टुरेन्टमा भएको थियो ।