Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ पौष १ मंगलबार ११:१३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

ग्यास्ट्रिकबाट छुटकारा पाउन के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ पौष १ मंगलबार ११:१३:००

 डा. जीवेश्वरलाल झा
जनरल सर्जन
मनमोहन मेमोरियल अस्पताल

अस्वस्थ खानपानका कारण अधिकांश व्यक्ति ग्यास्ट्रिकको सिकार भइरहेका हुन्छन् । अनियमित खानपान, फास्टफुड र जंकफुडको बढ्दो प्रयोग आदि कारणले ग्यास्ट्रिकको समस्या निम्तिन्छ । सामान्यतया पेटमा आमाशयको भाग सुन्निनुलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । पेटको कुनै भाग सुन्निएमा वा इन्फलामेसन भएमा ग्यास्ट्रिक भएको बुझिन्छ ।समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो भने ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ ।

धेरै तारेको खानेकुरा खाने गर्नाले पनि ग्यास्ट्राइटिस हुने सम्भावना बढ्छ । अत्यधिक चिल्लो, पिरो, अमिलो खानेकुराबाट टाढा रहँदा जोखिम पनि कम हुन्छ । रक्सी, चुरोटजस्ता पदार्थको सेवन नगर्ने र पेनकिलर चिकित्सकको सल्लाहमा मात्र खाने गर्नुपर्छ । दीर्घरोगमा सेवन गरिने कतिपय औषधि ग्यास्ट्राइटिसको कारक हुन सक्छ ।

खासगरी पेनकिलर बढी खाएमा ग्यास्ट्रिक हुन्छ । पेनकिलरको अत्यधिक सेवनले अन्य रोगसमेत निम्त्याउने हुनाले अति आवश्यकबाहेक अन्य अवस्थामा यसको प्रयोग गर्नुहुँदैन । कहिलेकाहीँ तनावका कारणसमेत यस्तो समस्या देखिन्छ । पेटमा भएको क्यान्सर र खाद्यनलीको क्यान्सरले ग्यास्ट्रिक हुने गर्छ । तसर्थ खानपान र जीवनशैलीमा ध्यान दिनु जरुरी छ ।