मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ पौष १ मंगलबार ११:०३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्तो छ यार्सागुम्बा सेवनका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ पौष १ मंगलबार ११:०३:००

यार्सागुम्बा औषधीय गुण भएको वनस्पति हो । सामुद्रिक सतहभन्दा ३८ सय मिटरको उचाइमा नेपाल, भारत, तिब्बतलगायत देशका हिमाली भागमा यार्सागुम्बा पाइन्छ । नेपालमा औषधिबाहेक अन्यत्र यसको उपयोग खासै गरिँदैन । यार्सा महँगो जडीबुटी पनि हो । त्यसैले, नेपालबाट बर्सेनि विदेशमा यसको निर्यात गरिन्छ । 

औषधीय गुण

  •  गर्भवती महिलाका लागि यार्सागुम्बा बढी फाइदाजनक छ । यसको सेवनले पेटभित्रको बच्चालाई आवश्यक पोषण तत्व प्राप्त हुन्छ । यद्यपि, एक दिनमा नौ ग्रामभन्दा बढी यार्सागुम्बा खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन । 
  •  क्यान्सर, ट्युमर, मिर्गौलाका बिरामीले यार्सागुम्बा नियमित सेवन गरेमा फाइदा गर्छ । 
  •  मस्तिष्कसम्बन्धी एन्जाइटी, अल्जाइमर, डिप्रेसनजस्ता समस्या कम गर्छ ।
  •  आलस्यता हटाउँदै शरीरमा ऊर्जा थप्ने काम गर्छ ।
  •  रक्तकोषिकाको विकास गर्न सघाउ पु-याउँछ । 
  •  नपुंसकता हुनबाट बचाउनुका साथै यौनशक्तिसमेत बढाउँछ । रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गर्छ ।