मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ पौष १ मंगलबार ०८:१४:००
Read Time : < 1 मिनेट
साहित्य

संग्रहालय बन्दै देवकोटा निवास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ पौष १ मंगलबार ०८:१४:००

काठमाडौं मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास अब संग्रहालयमा रूपान्तरित हुने भएको छ । ‘कविकुञ्ज’ नाम दिइएको स्वर्गीय देवकोटाको निवासमा संग्रहालय बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानले उनको परिवारबाट घर र जमिन खरिद गरेको हो ।

हक हस्तान्तरणबापत सोमबार महाकवि देवकोटाका छोराहरू पद्मप्रसाद र दीपकलाई डिल्लीबजार चारखालअड्डास्थित मालपोत कार्यालयमा दुई करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरियो । प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जगतप्रसाद उपाध्यायका अनुसार सरकारको निर्णयअनुसार १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको हो ।

हालसम्म जग्गाप्राप्ति नहुँदा संग्रहालय निर्माण अगाडि बढेको थिएन । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीका अनुसार उक्त स्थानमा चार तलाको संग्रहालय बनाउने योजना छ ।