मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
विष्णुप्रसाद घिमिरे
२०७५ पौष २९ आइतबार २०:२१:००
Read Time : > 1 मिनेट
समाचार

‘मन्त्री रवीन्द्र अधिकारीले राजीनामा नदिए लुम्बिनीमा बहिष्कार गर्ने’

आंशकाको भरमा आरोपित गर्नु ठीक हुँदैन : मुख्यमन्त्री पोखरेल

Read Time : > 1 मिनेट
विष्णुप्रसाद घिमिरे
२०७५ पौष २९ आइतबार २०:२१:००

प्रदेश ५ को प्रदेश संसद्मा सांसद्हरुले वाइडबडी विमान खरिद प्रक्रियामा भएको अनियमितताबारे प्रश्न उठाएका छन् । प्रतिपक्षी दल कांग्रेसका सांसद्ले प्रदेशसभामा वाइडबडी प्रकरणबारे प्रश्न गर्दै केन्द्र सरकारका पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि आरोपित भएकाले राजीनामा दिन माग गरे । विपक्षी सांसद्ले  मन्त्री अधिकारीले राजीनामा दिन नमाने प्रधामन्त्री केपी ओलीले भएपनि बर्खास्त गर्नुपर्नेमा माग राखे । आइतबारको संसद् बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् फखरुद्दिन खानले वाइडबडी विमान खरिद प्रकरणमा पर्यटनमन्त्री अधिकारी नै बिबादमा मुछिएकाले अविलम्व राजीनामा दिनुपर्ने बताए । उनले तत्काल राजीनामा नदिए आगामी दिनमा लुम्बिनीमा हुने कार्यक्रममा बहिष्कार गर्नेसम्मको चेतावनी दिए । 

त्यस्तै उनले प्रदेश संसद तथा सरकारले एउटै गाडीलाई फरकफरक मुल्यमा खरिद गरिनु र मुल्य पनि बजार मुल्य भन्दा अत्यधिक बढी भएकोबारे प्रदेश सरकारमाथि प्रश्न उठाए । यो विषय गम्भिर रहेका सत्यतथ्य छानविनको पनि उनले माग गरे । 

सवारी खरिदबारे कांग्रेसका अर्का सांसद वीरबहादुर रानाले प्रकृया पु¥याएर खरिद गरिएको भएपनि मनपरी नगर्न सचेत गराए । उनले प्रश्न गर्दै भने,‘जनताको जिवनस्तर हेरेर सेवा सुविधा लिनुपर्दैन ? करोडौं खर्च गरेर गाडी खरिद गरेर प्रदेशलाई कता लैजान खोजिएको हो ?’ रानाले अघि भने,‘विपक्षी दलले सरकारलाई काम गर्न कुनै अवरोध छैन तर केही काम नै भएन । अब पनि नबोल्ने हो भने जनतामाथि अन्याय हुन्छ ।’ उनले सरकारलाई विकासका खाका कोर्न र काम गर्न सुझाव दिँदै त्यसमा सहयोग गर्न तयार रहेको बताए । 

आंशकाको भरमा आरोपित गर्नु ठीक हुँदैन : मुख्यमन्त्री

प्रदेश संसद्ले वाइडबाडी प्रकरण र प्रदेशमा किनिएका सवारी साधन बारे विपक्षी कांग्रेस सांसद्ले गरेका प्रश्नको मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएका छन् । उनले आंशकाकै भरमा कसैलाई पनि आरोपित गर्नु ठीक नहुने तर्क गरे । मुख्यमन्त्री पोखरेलले प्रदेशमा सार्वजनिक लेखा समितिले थालेको अध्ययन निष्कर्षमा पुग्ने र त्यसमाथि भरोसा गर्नुपर्ने बताए । पोखरेलले प्रदेशको विकासले अब गति लिने पनि बताए । प्रदेशलाई स्थापना गर्न महत्वपूर्ण र ऐतिहासिक सफलताहरु प्राप्त भएकाले अब कामले गति लिने उनले बताए । 

संसदको हिउँदे अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकास र समृद्धिको यात्रामा अगाडि बढ्ने गरी योजना बनाइरहेको बताए । उनले आगामी माघ देखि धेरै योजनाहरु ठेक्का प्रक्रियामा जाने संसद्लाई जानकारी गराए । उनले लुम्बिनीमा मोनोरेल सञ्चालनका लागि विभिन्न पक्षहरुसँग छलफलहरु भइरहेको पनि बताए । 

मुख्यमन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानी तोक्ने विषय प्रदेशसभाको भएकाले सडकको विषय बनाउन नहुने बताए । प्रदेशसभाको क्षेत्रधिकारभित्र संघीय सांसदबारे बोल्ने अधिकार नभएको बताए । प्रदेशको राजधानी तोक्न तथा नामाकरण गर्ने प्रयोजनका लागि गठित समितिका सदस्यहरुलाई पनि यस विषयमा नबोल्न र जनताका आवाज सुन्न सुझाब दिए ।

याे पनि पढ्नुस्

वाइडबडी प्रकरण : योगेश भट्टराई भन्छन्–शेरबहादुर देउवालाई पनि छानविन गर्नुपर्छ !