मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३० सोमबार १६:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गोपनियता भंग हुने विधेयकलाई कांग्रेसले विरोध जनाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३० सोमबार १६:२०:००

कांग्रेस संसदीय दलले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि विरोध प्रस्ताव पेश गर्ने भएको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै संसदीय दलले राष्ट्रियसभा सदस्य प्रकाश पन्थले दर्ता गरेको उक्त विधेयकको विरोधको सूचना दर्ता गराउने जानकारी दिएको हो । विधेयक संविधान विपरित भएको दलले जनाएको छ । 

‘नागरिक स्वतन्त्रता कुण्ठित गर्ने, गोपनियता भंग हुने र विधेयकले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनियता भंग हुने र स्वतन्त्रतालाई समाप्त पार्ने र नेपालको संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनियताको हक लगायतको मौलिक हकको प्रतिकूल भएको हुँदा विधेयक प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्तावको विरोधको सूचना पेश गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।