१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ११:१३:००
Read Time : < 1 मिनेट
खेलकुद

जापानको यू–२३ सँग मनाङ पराजित

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ११:१३:००

जापानको यू–२३ टोलीसँग ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लब ३–० ले पराजित भएको छ । एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा जापानी टोलीविरुद्ध मनाङले गतिलो प्रदर्शन गर्न सकेन ।

यसअघि जापानले नेपालको नीलो टोलीलाई शुक्रबार ४–० ले पराजित गरेको थियो । जापानको जितमा जिन सियोआले दुई गोल गरेका थिए । खेलको २८औँ मिनेटमा जिनले पाहुना टोलीलाई १–० को अग्रता दिलाए ।

मनाङको डिफेन्स सम्हालिन नपाउँदै उनले २–० का लागि गोल गरे । खेलको ८७औँ मिनेटमा मासाहिको सुगिताले थप गोल गर्दा जापानी टोली ३–० ले विजयी भयो ।