मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ३० सोमबार १०:५६:००
Read Time : < 1 मिनेट
खेलकुद

क्रिकेटमा अविदको कीर्तिमान

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार १०:५६:००

पाकिस्तानका अविद अली टेस्ट तथा एकदिवसीय क्रिकेटको डेब्यु खेलमै शतकीय इनिङ खेल्ने विश्वकै पहिलो पुरुष ब्याट्सम्यान बनेका छन् । अविदले यो सफलता श्रीलंकाविरुद्धको पहिलो टेस्टमा प्राप्त गरेका हुन् ।

सन् १९७३ मा इंग्ल्यान्डका इनिद बाकेवलले महिलातर्फ टेस्ट तथा एकदिवसीयमा डेब्यु गर्दा शतक बनाएकी थिइन् । सन् २००९ पछि पाकिस्तानी भूमिमा सम्भव भएको टेस्ट खेलमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा २५२ रन बनाएको थियो ।

पाकिस्तानले आइतबार पाँचौँ दिन दुई विकेटको नोक्सानीमा दुई सय ५२ रन जोड्यो । श्रीलंका र पाकिस्तानबीचको पहिलो टेस्ट ड्र भयो । टेस्टको सुरुवाती चार दिन खराब मौसमले प्रभावित पारेको थियो ।

अविदले २९८ बलमा ११ चौका प्रहार गरी १०९ रन बनाए । यसैगरी, बाबर अजामले १५० बलमा १०२ रन जोडे । गत मार्चमा अविदले अस्ट्रेलियाविरुद्धको एकदिवसीय डेब्युमा ११२ रनको योगदान दिएका थिए ।