प्रदेश
घरमा लुकाएको २२ किलो गाँजासहित एक पक्राउ
Read Time : < 1 मिनेट
२०७५ पौष २९ आइतबार १९:३९:००
सिरहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका, १ कल्याणपुरबाट घरमा लुकाएर राखिएको २२ केजी गाँजासहित एक पक्राउ परेका छन् । विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले देवेन्द्र यादवलाई पक्राउ गरेको हो ।
यादवले घरमा गाँजा लुकाएको सूचनामा प्रहरीले खानतलासी गर्दा तीन वटा बोरामा बाँधेर राखिएको २२ किलो गाँजा भेटिएको हो । प्रहरीका अनुसार गाँजासहित पक्राउ गरिएका यादवलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।