मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ३० सोमबार ०९:५४:००
Read Time : < 1 मिनेट
समाचार

चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०९:५४:००

डोटी जिल्ला अस्पताल व्यवस्थापन समितिले चार प्रकारका व्यक्तिका लागि  निःशुल्क उपचार प्रदान गर्ने निर्णय गरेको छ । उपचारका लागि आउने ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र  ‘ख’ वर्गका अपांगता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

अहिलेलाई निर्धारण गरिएका चार प्रकारका व्यक्तिले नाम दर्तादेखि चिकित्सकीय, भिडियो एक्स–रे तथा ल्याबमा कुनै पनि शुल्क तिर्नुनपर्ने अध्यक्ष जोशीले बताए ।   जिल्ला अस्पताल डोटीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन चिकित्सक भर्ना गर्ने निर्णयसमेत समितिले गरेको छ ।

अस्पतालको विकास तथा थप  सुधारका लागि समितिको पहिलो बैठकले महत्वपूर्ण निर्णय गरेको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिए । पहिलो बैठकबाटै एम्बुलेन्स मर्मत गर्ने, अस्पताल सरसफाइ गर्ने निर्णय गरिएको   छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको जिल्ला अस्पतालमा व्यवस्थापन समिति आएपछि अवरुद्ध कामले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।