१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ०९:४५:००
Read Time : < 1 मिनेट
समाचार

प्रभावकारी बन्दै जैविक तटबन्धन

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०९:४५:००

जैविक तटबन्धन गरेर नदी कटानको समस्याबाट जग्गा सुरक्षित हुँदा मणिराम चौधरी खुसी देखिन्छन् । कैलालीको दक्षिणी सीमा क्षेत्र हुँदै बग्ने मोहना नदी किनारको बिसनपुर गाउँका मनिरामको जग्गा ०६४ र ०६५ सालमा आएको मोहना नदीको बाढीले पुर्दै कटानसमेत गरेको थियो ।

‘बाढीले कटानमा परेको जग्गा जोगाउन नदी छेउमा जैविक तटबन्धन गर्नु प्रभावकारी उपाय रहेछ भन्ने पहिले विश्वास लागेको थिएन,’ उनले भने, ‘यस्तो तटबन्धनले जग्गाको सुरक्षा भएको देखेर अहिले अरू ठाउँमा समेत जैविक तटबन्धन गर्ने गरेका छौँ ।’ 

सोही गाउँका भागीराम चौधरी र जीतबहादुर चौधरीको जग्गा पनि जैविक तटबन्धन गरेका कारण जोगिएको छ । कटान रोक्न नदी किनारमा निर्माण गरिने ‘पक्की स्पर’लाई बाढीबाट पुग्न सक्ने क्षतिलाई रोक्न पनि यस्तो जैविक तटबन्धन प्रभावकारी देखिएको भागीरामले बताए । 

नेपाल रेडक्रस सोसाइटी र मर्सिक्रोप्स नामक संस्थाको संयुक्त पहलमा कार्यान्वयनमा रहेको आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाअन्तर्गत कैलाली जिल्लाका बिसनपुर गाउँसहित बाढी र डुबानको बढी जोखिममा रहेका गाउँमा जैविक तटबन्धन गर्ने गरिएको छ ।          – रासस