मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ३० सोमबार ०९:१७:००
Read Time : > 1 मिनेट
प्रदेश

भत्किएकै भवनमा पढाइ

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०९:१७:००

गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकका विद्यार्थी भत्किएकै विद्यालय भवनमा बसेर अध्ययन गर्न थालेका छन् । गत ६ साउनमा आएको पहिरोले भत्काएको लुम्पेकको सिद्ध आधारभूत प्राविको भवनमा विद्यार्थी पढ्न बाध्य भएका हुन् । 

विद्यालयको तलबाट अझै पनि सुक्खा पहिरो जाने, जमिन चर्कने र भत्किने क्रम रोकिएको छैन । बाढीले चारकोठे भवनलाई बगाएको थियो भने अर्को चारकोठे भवनको माथिल्लो तला पुरिएको थियो । पुनस्र्थापनाको काममा ढिलाइ भएकाले विद्यार्थीलाई भत्किएकै विद्यालयमा पठनपाठन गराउन बाध्य भएको विद्यालयकी प्रध्यानाध्यापक ज्ञानमाया तरामूले बताइन् । 

विद्यालयका झ्याल–ढोकामा क्षति पुगेको छ । पहिरोले विद्यालयसँगै फर्निचर र शैक्षिक सामग्री बगेकाले विद्यालयलाई ठूलो क्षति पुगेको तरामूले बताइन् । उनले गाउँपालिकामा विद्यालयको अवस्थाबारे थप जानकारी गराएकाले सहयोगको आश्वासन पाएको बताइन् । 

पहिरो गएपछि बढी प्रभावित लुम्पेकको सिङदी गाउँका विद्यार्थीले दुई महिना रूखमुनि बसेर अध्ययन गरे । पहिरोपीडित ६१ परिवारलाई सत्यवती गाउँपालिका–१ अस्लेवाको देउडाँडामा अस्थायी आवास निर्माण गरेर व्यवस्थापन गरिएको थियो । पुनस्र्थापना र पुनर्निर्माणको काममा ढिलाइ भएका कारण विस्थापित परिवार आफ्नै गाउँ फर्किए  ।

अभिभावकसँगै बालबालिका पनि गाउँ फर्किएकाले भत्किएकै विद्यालयमा पठनपाठन गर्नुपर्ने अवस्था आएको वडा सदस्य अर्जुन तरामूले बताए । उनले अहिलेसम्म पुनस्र्थापनाको ठोस योजना निर्माण नभएकाले पहिरो प्रभावित परिवारले भत्किएका घर–गोठको पुनर्निर्माण, खेतबारीको संरक्षणलगायतका काम गर्न थालेको बताइन् । जोखिम कायमै रहेकाले अझै पनि बालबालिका ढुक्क भएर पढ्न सक्ने अवस्थामा नरहेको तरामूले बताइन् ।

वास बस्ने ठाउँ नभएपछि जिल्ला छाडे विद्यार्थीले
पहिरोले पुरेको विद्यालय परिसर सफा गरिएको छ । पहिरोअगाडि सिद्ध आधारभूत प्राविमा ५१ विद्यार्थीले अध्ययन गर्दै आएका थिए । अहिले ३६ विद्यार्थी नियमित आउने गरेका छन् ।

१५  विद्यार्थीलाई घरमा बस्नै समस्या भएपछि अभिभावकले अन्य जिल्ला लगेर भर्ना गरेको शिक्षक दुर्गाबहादुर तरामूले बताए । गत ६ साउनमा पहिरोका कारण लुम्पेकका झन्डै तीन सय परिवार विस्थापित भए । विस्थापित परिवार झन्डै एक महिना विद्यालयमै बसेका थिए ।