मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ०९:१२:००
Read Time : < 1 मिनेट
समाचार

सातामा १६३ सवारीचालक कारबाहीमा

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०९:१२:००

सडक अनुशासन र दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले सवारीसाधन चेकजाँचमा कडाइ गरेको छ । चेकजाँचका क्रममा ट्राफिक प्रहरीले एक सातामा एक सय ६३ सवारीचालक कारबाहीका क्रममा बस, मोटरसाइकल, ट्रक, ट्रिपरलगायतका एक सय ६३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । 

सवारी कारबाहीबाट एक सातामा ८६ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी निरीक्षक केदार सुवेदीले बताए । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा दुई हजार चार सय सवारीसाधन कारबाहीमा परेका छन् ।

जसमा चार सय २४ बस कारबाहीबाट दुई लाख ३७ हजार पाँच सय राजस्व संकलन गरेको छ । ट्रक, टिपर गरी एक सय आठवटा सवारीसाधन कारबाहीमा परेका छन् । ती साधनलाई गरिएको  कारबाहीबाट ६३ हजार राजस्व संकलन भएको छ । ६ सय ७८ जिप तथा कार कारबाहीमा परेका छन् । जसबाट तीन लाख ६२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख सुवेदीले बताए । 

ट्र्याक्टर एक सय ७० वटा कारबाहीबाट ९२ हजार राजस्व संकलन भएको छ । यसैगरी, नौ सय ७२ वटा मोटरसाइकल कारबाहीबाट पाँच लाख ५८ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताए । अन्य ४८ वटा पनि कारबाहीमा परेका छन् जसबाट २८ हजार राजस्व संकलन भएको उनले बताए ।

पहिलो चौमासिकमै सवारीसाधन कारबाहीबाट १३ लाख ४१ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । सवारीचालकको गल्तीअनुसार पाँच सय देखि १५ सय रुपैयाँसम्म कारबाही गर्दै आएको ट्राफिक प्रमुख सुवेदीले बताए ।