Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ०९:०५:००
Read Time : < 1 मिनेट
समाचार

चार महिनामा थपिए ५२ क्षयरोगी 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०९:०५:००

बिरामीले नियमित औषधि सेवन नगर्दा बाग्लुङमा क्षयरोगका बिरामी निरन्तर बढिरहेका छन् । स्वास्थ्य कार्यालय बाग्लुङका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा ५२ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् ।

जसमा सर्ने खालको क्षयरोग (टिबी) २८ जनामा छ भने २४ जनामा नसर्ने खालको क्षयरोग लागेको छ । यसमा महिलाभन्दा पुरुषको संख्या बढी रहेको कार्यालयप्रमुख सुरज गुरौले जानकारी दिए ।

अघिल्लो वर्ष जिल्लामा कुल दुई सय क्षयरोगका बिरामी थिए । गुरौले भने, ‘यस वर्षको पहिलो चौमासिकको अवस्था हेर्दा झनै बढ्ने देखिएको छ । यही दरले हो भने यस वर्ष २ सयभन्दा माथि क्षयरोगका बिरामी पुग्ने देखिन्छ ।’

गत वर्ष कुल दुई सयमध्ये सर्ने खालका बिरामी १ सय १२ रहेका थिए भने नसर्ने खालका बिरामी ८८ जना थिए । क्षयरोग महिलाको तुलनामा पुरुषमा बढी देखिने गरेको गुरौले बताए ।

गत वर्ष १ सय ३० जना पुरुष रहेका थिए भने बाँकी ७० जना महिला थिए ।क्षयरोगको पत्ता लगाउने दर ८० प्रतिशत छ भने उपचार सफल हुने दर भने ९० प्रतिशत रहेको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत देवप्रकाश घिमिरेले बताए ।