मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ३० सोमबार ०८:३८:००
Read Time : < 1 मिनेट
समाचार

कर्मचारी अभावले  विद्यालय अनुगमन प्रभावित

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०८:३८:००

भानु नगरपालिकाको शिक्षा शाखामा कर्मचारी नहुँदा ६ महिनादेखि कुनै पनि विद्यालयको अनुगमन हुन सकेको छैन । शिक्षा शाखामा एकजना मात्रै कर्मचारी भएकाले विद्यालय अनुगमन अवरुद्ध भएको हो । 

यो शाखामा अहिले उपसचिव डिल्लीरमण भट्टराई मात्रै छन् । उनले भने, ‘कार्यालयमा म एक्लै छु । केही काम गर्न पर्‍यो भने आफैँ दगुर्नुपर्छ । त्यति मात्र नभई विभिन्न कार्यक्रममा विद्यालयले बोलाउँछन् जान पाउँदिन ।’

कर्मचारी नहुँदा ६ महिनायता एउटै विद्यालयमा अनुगमन नगरेको उनले बताए । शाखामा एकजना उपसचिव, एकजना विद्यालय निरीक्षक र अर्का एकजना प्राविधिक सहायकको दरबन्दी छ । 

भानु नगरपालिकामातहत ६१ वटा विद्यालय थिए । चारवटा गाभिएपछि हाल ५७ वटा विद्यालय छन् । ‘तर, एउटैको अनुगमन गर्न सकेको छैन,’ उनले भने । कर्मचारी समायोजनका क्रममा भएका कर्मचारी अन्त गएका र यहाँ आउनुपर्ने कर्मचारी नआएको उनले बताए ।