मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३० सोमबार ०८:२८:००
Read Time : < 1 मिनेट
समाचार

आठ सय ६२ चिकित्सक बिरामी जाँच्न अयोग्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३० सोमबार ०८:२८:००

नेपाल मेडिकल काउन्सिलले आठ सय ६२ चिकित्सकलाई तत्कालका लागि बिरामी जाँच्न अयोग्य ठहर गरेको छ । काउन्सिलले चार–चार महिनामा लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल भएकाले एमबिबिएस तथा बिडिएस उत्तीर्ण भए पनि उनीहरू बिरामी जाँच्न अयोग्य ठहरिएका हुन् । 

चार महिनापछि हुने परीक्षामा पास भएमा मात्रै उनीहरूले बिरामी जाँच्न पाउने काउन्सिलले जनाएको छ । अयोग्य घोषित हुनेमा एमबिबिएसतर्फका ६३१ र बिडिएसतर्फका २३१ जना छन् ।काउन्सिलले जारी गरेको सूचीमा एमबिबिएसतर्फ ४९ प्रतिशत अर्थात् ६०६ जना र बिडिएसतर्फ ४२ प्रतिशत अर्थात् १६८ जना उत्तीर्ण भएका छन् ।