मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर ३० सोमबार ०८:२४:००
Read Time : < 1 मिनेट
समाचार

मोडेलको सम्पत्ति साढे चार करोडभन्दा बढी

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०८:२४:००

काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित मोडेल बहुउद्देश्यीय सहकारी संस्थाको सम्पत्ति चार करोड ८१ लाख पुगेको छ । आर्थिक वर्ष ०७५/७६ सम्म सहकारीको कुल पुँजी चार करोड ८१ लाख ६० हजार आठ सय २० रुपैयाँ पुगेको सहकारीका अध्यक्ष योगराज कार्कीले जानकारी दिए ।

शनिबार भएको संस्थाको बाह्रौँ साधारणसभाले संस्थाका लेखा समिति सदस्य योगेन्द्र रानाभाटले प्रस्तुत गरेको चार करोड ८१ लाख ६० हजार आठ सय २० रुपैयाँ आयव्ययसहितको प्रतिवेदन पारित गरेको छ । संस्थाले एक आर्थिक वर्षमा झन्डै एक करोड रुपैयाँको कारोबार वृद्धि गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा संस्थाको कुल पुँजी तीन करोड ८९ लाख नौ हजार सात सय ४२ रुपैयाँ मात्रै रहेको थियो । ०६४ सालमा उदयपुरमा जन्मिएर काठमाडौंमा बस्दै आएकाहरूले स्थापना गरेको सहकारीले हालसम्म दुई करोड ३५ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । 

आर्थिक वर्ष ०७५/७६ सम्म संस्थाको सेयर पुँजी एक करोड ७९ लाख आठ हजार रुपैयाँ रहेको अध्यक्ष कार्कीले जानकारी दिए । सो वर्ष सहकारीले तीन करोड ९७ लाख रुपैयाँ ऋण परिचालन गरेको छ । व्याजबाट मात्रै ४५ लाख रुपैयाँ आम्दानी भएको सहकारीले जनाएको छ ।

साधारणसभाले संस्थाका अध्यक्ष योगराज कार्कीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष धीरप्रसाद भण्डारीले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना सर्वसम्मत पारित गरेको छ ।

साधारणसभाको अवसरमा ऋण परिचालनमा योगदान पुर्‍याएको भन्दै दुईजना सेयर सदस्यलाई नगदसहित पुरस्कृत गरेको छ । सहकारीले युवाकुमारी कार्की र इनिरादेवी गेलाललाई पुरस्कृत गरेको हो । साधारणसभाले काठमाडौं जिल्लाव्यापी कार्यक्षेत्र बनाई कार्य गर्नेगरी जग्गा खरिद गरी भवन निर्माण गर्ने, सेयर सदस्य वृद्धि गर्नेजस्ता निर्णयहरू गरेको छ ।