१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ०८:१२:००
Read Time : < 1 मिनेट
समाचार

व्यवस्था फेरियो, अवस्था फेरिएन’

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०८:१२:००

प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले राज्य व्यवस्था फेरिए पनि अवस्था नफेरिएको बताएका छन् । नेपालमा परिवर्तन तथा समृद्धि ल्याउने हो भने पहिलेका परम्परागत कानुन फेरबदल गर्नुपर्ने उनको भनाइ छ ।

धादिङ उद्योग वाणिज्य संघको २६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । देशमा मौलाएको भ्रष्टचार, घुस लिने दिने, सरकारी काममा भएको ढिलासुस्तीजस्ता कारण आमनागरिकले दुःख पाएका छन् ।

कानुन ठीक नभएको कारण राज्य व्यवस्था फेरिए पनि नेपाली जनता र नेपालको अवस्था नफेरिएको उनले बताए । उनले निजी क्षेत्रलाई सरकारले विशेष महत्व दिएको पनि धारणा राखे ।

‘निजी क्षेत्रको विकासका लागि सरकारले सकारात्मक कदम चालिरहेको छ,’ मन्त्री जम्कट्टेलले भने, ‘निजी क्षेत्रको माग तथा आवश्यकता पूरा गर्न नसकेकै हो । तर, समृद्धिका लाग निजी क्षेत्रले पनि ठूलो सहयोग पुग्ने हुनाले पहिलो प्राथमिकतामा यस क्षेत्रलाई राखिएको छ ।’