१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३० सोमबार ०८:०१:००
Read Time : > 1 मिनेट
अर्थ

नेप्से परिसूचक : बढेको बजारमा करेक्सन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३० सोमबार ०८:०१:००

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक करेक्सन भएको छ ।  लगातार आठ दिनमा ६५.८५ अंकले बढेको नेप्से ९ दिन ४ दशमलव ७८ अंक घटेर १ हजार १ सय ६७ दशमलव ८६ बिन्दुमा बन्द भएको छ ।  परिसूचक घटे पनि कारोबार रकम आधा अर्बभन्दा माथि रहेकाले बजार सकारात्मक रहेको भन्न सकिन्छ । केही अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्न लाग्दा बजार थोरै करेक्सन भएको लगानीकर्ता बताउँछन् ।

गत दिनमा बिमा र लघुवित्तले बढाएको बजार आइतबार सोही कम्पनीहरूमा नाफा बुक गर्दा बजार घटेको लगानीकर्ताहरूको अनुमान छ । बिमा  र लघुवित्तले बढाएको बजार धेरै दिन टिक्न नसक्ने विष्णुप्रसाद बस्यालले बताए । आइतबारको बजारमा बैंकिङ सकारात्मक रहेकाले बजार धेरे अंकले घटेन । बजारमा कारोबार रकमले साथ दिएकाले बैंकिङ क्षेत्रका कम्पनीहरूको माग बढ्यो भने बजार अझै माथि जाने अनुमान गर्न सकिन्छ । 

कारोबार भएका १२ उपसमूहको परिसूचकमा तीन समूहको समूहको परिसूचक बढेको छ भने ९ समूहको परिसूचक घटेको छ । बैंकिङ शून्य दशमलव २७, व्यापार ३ दशमलव ११ र अन्य समूहको शून्य दशमलव ३५ प्रतिशलते वृद्धि भएको छ । जीवन बिमा समूहको २ दशमलव ६२ र लघुवित्तको २ दशमलव १८ प्रतिशतले घट्न पुगेको छ भने बाँकीको सोभन्दा कमले घटेको छ । यतिवेला प्राविधिकबाट हेर्दा पनि बजार बुलिस प्रवृत्तिमा रहेको देखिन्छ । 

१ हजार १ सय ७२ दशमलव ४५ बिन्दुबाट सुरु भएको परिसूचक १ हजार १ सय ५९ दशमलव ७९ बिन्दुभन्दा तल पुगेन । बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै बजार बढेर १ हजार १ सय ८२ दशमलव शून्य १ बिन्दुसम्म पुगी अन्त्यमा १ हजार १ सय ६७ दशमलव ८६ बिन्दुमा बन्द भएको छ ।  

कारोबारको सुरुमा बढेको परिसूचकमा केही लगानीकर्ताहरूले नाफा गर्दा घट्न पुगेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव शूनय ८ अंक बढेर २ सय ५५ दशमलव ६७ बिन्दुमा बन्द भएको छ । यसले बजारमा राम्रा कम्पनीको सेयर मूल्य सामान्य रुपैयाँले बढेको संकेत गर्छ । 

यस दिन कुल १ सय ७२ कम्पनीको सेयर किनबेचमा ५९ वटाको मूल्य बढेको छ भने ८७ वटाको घटेको छ । २६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेको एडी (एड्भान्स डिक्लाइन) अनुपात शून्य दशमलव ६७ प्रतिशतका आधारमा हेर्दा यस दिन बजार वियरीस प्रवृत्तिमा देखिएको छ । १४ दिने आरएसआई इन्डेक्सको ७१ दशमलव ४५ स्केलमा नेप्से रहेको छ । ओभरबटमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद चाप बढेको संकेत गर्छ । 

आइतबार नेप्सेको उच्च, न्यूनतम र बन्द बिन्दुबाट निकालिएको पिभट बिन्दु १ हजार १ सय ६९ दशमलव ९ छ । यस दिनको बजार बन्द बिन्दु १ हजार १ सय ६७ दशमलव ६ छ । पिभट बिन्दुभन्दा बजार बन्द बिन्दु तल रहेकाले सोमबार परिसूचक घट्ने सकेत गर्छ । आइतबारको बन्द बिन्दुबाट घटेमा १ हजार १ सय ५७ दशमलव ७६ बिन्दुमा पहिलो टेवा पाउने र बढेमा १ हजार १ सय ७९ दशमलव ९८ बिन्दुमा पहिलो प्रतिरोध पाउने देखिन्छ । 

यस दिन राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ९ हजार ६ सय ६९ रुपैयाँ पुगेको छ । दोस्रोमा युनाइटेड इन्स्योरेन्सको ६ प्रतिशत बढेर प्रतिकित्ता २ सय ९९ रुपैयाँ पुगेको छ । यस दिन सेयर मूल्य बढ्नेमा १० कम्पनीमा पाँच जलविद्युत् कम्पनी परेका छन् ।