Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बिरामी बंगुरको उपचार गर्दै पशु चिकित्सक ।          तस्बिर : नयाँ पत्रिका
२०७६ मङ्सिर ३० सोमबार ०८:०१:००
Read Time : < 1 मिनेट
प्रदेश

सप्तरीमा अज्ञात रोगले  एक सातामै मरे ७५ बंगुर

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०८:०१:००

अज्ञात रोगका कारण रूपनी गाउँपालिका–६ को एक फारममा एक सातामै ७५ वटा बंगुर मरेका छन् । स्थानीय किसान कुलानन्दप्रसाद चौधरीले पालेका ७५ वटा बंगुर एक सातामै मरेका हुन् ।

२३ मंसिरदेखि बंगुर मर्ने क्रम सुरु भएको चौधरीले बताए । ‘आइतबारसम्म ७५ वटा बंगुर मरिसके । यसले मेरो व्यवसायमा ठूलो नोक्सानी भएको छ,’ चौधरीले भने । उनले रूपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा बंगुर फारम सञ्चालन गर्दै आएका छन् ।

ज्वरो आउने, काम्ने, र्‍याल निकाल्ने र त्यसको केही समयमै बंगुर मर्ने गरेको चौधरीले बताए । बंगुरमा महामारी फैलिएपछि दुई दिनअघि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगर र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको प्राविधिक टोलीले फारममै पुगेर जानकारी लिएको छ । विराटनगरको टोलीले मासु र सिरहाको टोलीले रगत परीक्षणका लाग लिएर गए पनि रिपोर्ट नआएको चौधरीले बताए ।

प्राविधिककै सल्लाह अनुसार बुधबारदेखि बंगुरलाई औषधि गर्न थालिएको छ । तर, मर्ने क्रम भने अझै नरोकिएको चौधरीले बताए । ७५ वटा बंगुर मर्दा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको चौधरीको भनाइ छ ।

‘ऋण लिएर व्यवसाय सुरु गरेको हुँ,’ उनले भने, ‘एकातर्फ साँबा/ब्याज चुक्ता गर्ने चिन्ता छ, अर्कोतर्फ बंगुरको खोर नै रित्तियो ।’ चौधरीको खोरमा भटाभट बंगुर मर्न थालेपछि रोग फैलने त्रासले गाउँका अन्य किसानसमेत चिन्तित भएका छन् ।