मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ०७:३४:००
Read Time : < 1 मिनेट
समाचार

लागुऔषधसहित पाँच पक्राउ

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०७:३४:००

लागुऔषध ओसार–पसारमा संलग्न पाँचजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । धरानका विभिन्न स्थानबाट शनिबार पक्राउ परेका उनीहरूलाई आइतबार जिल्ला अदालत सुनसरीमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

पक्राउ पर्नेमा इटहरी–२० तरहराका २१ वर्षीय बाबु बुढाथोकी, सोही स्थानका निरन राई, धरान–११ का ३२ वर्र्षीय मणिकुमार लिम्बू, धरान–१५ का २३ वर्षीय सुमन परियार र बराहक्षेत्र–३ का विष्णुकुमार लिम्बू रहेको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

बुढाथोकी र राईलाई धरान–२० स्थित विष्णुपादुकाबाट दुई केजी गाँजासहित पक्राउ गरिएको थियो । अन्यको साथबाट डाइजेल्याब, एम्पुल, लुपिजेसी एम्पुल, एभिल, बरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए । उनीहरूलाई धरान–८ स्थित तीनकुनेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।