१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ३० सोमबार ०७:१५:००
Read Time : < 1 मिनेट
समाचार

त्रिवि कर्मचारी आन्दोलनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ३० सोमबार ०७:१५:००

त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रेका छन् । त्रिविले १५ मंसिरमा सात सय १५ जना कर्मचारीको विज्ञापन गरेको थियो । जसमा १२ जना सवारीचालक र एक सय ५० जना कार्यालय सहयोगीसहित एक सय ६२ श्रेणीविहीन कर्मचारीको पनि विज्ञापन गर्ने भनिएको थियो । विज्ञापनमा श्रेणीविहीन सवारीचालक र कार्यालय सहयोगीको विज्ञापन गर्न छुटाएको भन्दै कर्मचारीले आइतबार त्रिवि सेवा आयोगमा धर्ना दिएका छन् । 

त्रिवि कर्मचारी संघका अध्यक्ष भोजराज राउतले सवारीचालक र कार्यालय सहयोगीको पनि विज्ञापन गर्नुपर्ने बताए । श्रेणीविहीन सावरीचालक र कार्यालय सहयोगीको विज्ञापन नगरेका कारण आन्दोलनमा उत्रन बाध्य भएको बताए । त्रिवि कार्यकारी परिषद्ले पटक–पटक विज्ञापन गर्ने निर्णय गरेर आयोगमा पठाएको छ । ‘तर, सेवा आयोगले विज्ञापन गरेको छैन,’ उनले भने ।