मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २९ आइतबार २१:३१:००
Read Time : < 1 मिनेट
समाचार

चौधरी समूहद्वारा सर्वोच्चमा रिट दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २९ आइतबार २१:३१:००

सर्वोच्च अदालतमा चौधरी समूहद्वारा सञ्चालन गरेको सिजी कम्युनिकेशन प्रालिले फ्रिक्वेन्सी बढाबढ गर्ने कार्य रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइ आइतबार चाैधरी समूहले रिट दायर गरेको हाे । रिटमा नेपाल दूरसञ्चार प्राधिकरणले १८ मंसिरमा जारी गरेको फिक्वेन्सी बढाबढ (ललामी) रोक्न माग गरिएको छ ।

निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म फ्रिक्वेन्सी बढाबढको कार्य कार्यान्वयन नगरी यथावत् राख्न आदेशको माग गरिएको छ । सिजीले ९ सय, एक हजार ८ सय र २ हजार एक सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी आफ्नो रहेको र फ्रिक्वेन्सी आफूलाई प्रदान गरेर मात्र बाँकीका लागि लिलाम बढाबढ गर्नुपर्ने माग निवेदनमा गरिएको छ ।