मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २९ आइतबार १९:४९:००
Read Time : < 1 मिनेट
समाचार

नयाँ पत्रिकाकर्मी बस्नेतलाई सुशासन पत्रकारिता पुरस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २९ आइतबार १९:४९:००

काठमाडौं महानगरपालिकाले नयाँ पत्रिकाकर्मीसहित आठ पत्रकार दुई सञ्चार माध्यमलाई पुरस्कृित गरेको छ । २५ औँ स्थापना दिवसको अवसरमा महानगरले नयाँ पत्रिकाकर्मी तीर्थराज बस्नेतलाई सुशासन पत्रकारिता पुस्कार प्रदान गरेको हो । 

यस्तै व्यक्तिगततर्फ पुरस्कार प्राप्त गर्नेमा नेपाल समाचार पत्रका ईश्वरराज ढकाल, नागरिक दैनिकका हिमाल लम्साल, राष्ट्रिय समाचार समितिका शर्मिला पाठक, राजधानी दैनिकका केशव पाण्डे, झिँगु डट कमका रेखा शाक्य र लहना बाः पौ साप्ताहिकका नृपेन्द्र श्रेष्ठ छन् । संस्थागततर्फ नेवा अनलाइन र गोरखापत्र दैनिकलाई पुरस्कार प्रदान गरियो । उनीहरुलाई सम्मान पत्रसहित जनही ५० हजार राशी प्रदान गरिएकाे छ । महानगरले प्रत्येक वर्ष १० जनालाई सुशासन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।