मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २९ आइतबार १९:१५:००
Read Time : < 1 मिनेट
समाचार

हिमपातपछि जुम्लामा १२ जना बेपत्ता

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार १९:१५:००

जुम्लाको तिला गाउँपालिका–९ स्थित शेरा फूलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना चार दिनदेखि बेपत्ता भएका छन् । जडिबुटी संकलन गर्न बिहीबार गएका उनीहरु हिमपात भएपछि सम्पर्क विहीन बनेका हुन् ।

गाउँपालिका-९ का वडाध्यक्ष शेरबहादुर बोहोराले पाटनमा जडिबुटी संककलन गर्न गएका उनीहरुको अवस्थाबारे कुनै जानकारी नभएको बताए । सेतक चिनी, भुल्ते, धुपी र पदमचाल जडिबुटी संकलनका लागि उनीहरु बिहीबार पाटन गएका थिए । बेपत्ता हुनेमा तिला गाउँपालिका–९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका छन् । फूलबारी पाटनमा पुग्न गाँउदेखि झण्डै दुई दिन लाग्ने गरेको स्थानीय बताउँछन् ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्रप्रसाद श्रेष्ठले पाटनमा बेपत्ताकाे उद्धारका लागि गृहमन्त्रालयलाई हेलिकोप्टरको व्यवस्था गर्न आग्रह गरिएको बताए ।

चिसो बढेपछि उद्धार गर्न स्थानीयकाे माग

दुई दिन यता भएको हिमपातका कारण गाउँमै झण्डै २ फिट बाक्लो हिउँ परेको छ । पाटनमा हिउँ धेरै परेकाे भन्दै तत्काल उद्धार गर्न स्थानीयले सरकार समक्ष माग गरेका छन् । हिउँका कारण फूलबारी पाटनमा हिँडेर जान सक्ने अवस्था छैन । हेलिकप्टरबाहेकको विकल्प नरहेको स्थानीय बताउँछन् ।